default_image

3 years ago

January 29, 2023

बभुमाको शतकमा इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार जित

293 views

0 Bookmark

एजेन्सी – कप्तान टेम्बा बभुमाको शतकमा दक्षिण अफ्रिकाले दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डमाथि ५ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै एक खेल अगावै सिरिज जित्नुको साथै सिधैं भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउने सम्भावना पनि बलियो बनाएको छ ।

जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा कप्तान टेम्बा बभुमाले १ सय २ बलमा १४ चौका र १ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । बभुमाको यो ओडिआई करिअरको तेस्रो शतक हो । उनी साम करनको बलमा बोल्ड आउट भए ।

डेविड मिलर ३७ बलमा २ चौका र ३ छक्कासहित ५८ रनमा अविजित रहँदै जित पक्का गरे । क्रिस वोक्सलाई मिलरले विजयी छक्का प्रहार गरेका थिए । ओपनर क्विन्टन डि कक र बभुमाले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । डि कक २८ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । दोस्रो विकेटका लागि बभुमा र रास्सी भान डर डुसेनले ९७ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए ।

रास्सी भान डर डुसेन ३८ बलमा ३ चौका र १ छक्कासहित ३८ रनमा आउट भए । एडेन माक्ररम ४३ बलमा ३ चौका र २ छक्कासहित ४९ रनमा आदिल राशिदको बलमा बोल्ड भए । हेनरिक क्लासेन २७ रनमा आउट हुँदा मार्को यानसन २९ बलमा ३२ रनमा अविजित रहे । इंग्ल्यान्डका आदिल राशिद र ओली स्टोनले दुई दुई विकेट लिए । साम करनले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४२ रनको योगफल बनाएको थियो । इंग्ल्यान्डका कप्तान जस बटलर ८२ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रनमा अविजित रहेका थिए ।

मध्यक्रमका युवा ब्याटर ह्यारी ब्रुक ७५ बलमा ७ चौका र ४ छक्कासहित ८० रनमा आउट हुन पुगे । ओडिआई करिअरको सर्वाधिक रन बनाएपनि उनी एडेन माक्ररमको बलमा रास्सी भान डुसेनबाट क्याच आउट हुँदै शतक बनाउन चुकेका थिए ।

चौथो विकेका लागि बटलर र ब्रुकले ७३ रनको साझेदारी गरेका थिए । पाँचौं विकेटका लागि मोईन अली र बटलरले १ सय १ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । तर त्यो योगफल जितको लागि पर्याप्त बनेन ।

मोईन अली ४४ बलमा ६ चौका र १ छक्कासहित ५१ रनमा एनरिच नोर्कियाको बलमा बोल्ड भए । ओपनर जेसन रोय ९, डेविड मलान १२, बेन डकेट २०, क्रिस वोक्स १४ र साम करन २८ रनमा आउट भए । साम करनले १७ बलमा १ चौका र ३ छक्का हानेका थिए ।

दक्षिण अफ्रिका एनरिच नोर्कियाले सर्वाधिक दुई विकेट लिए । वेन पार्नेल, लुन्गी एनगिडी, मार्को यानसन, केशव महाराज र एडेन माक्ररमले एक एक विकेट लिएका थिए ।

यो सँगै दक्षिण अफ्रिका सुपर लिगमा १८ खेलमा ७ मा जित र ९ मा हारसहित ७९ अंकका साथ नवौं स्थानमा छ । वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ । श्रीलंका २१ खेलमा ७ मा जित र १२ मा हारसहित ७७ अंकका साथ १० औं स्थानमा छ । यी तीन मध्य एक टोली सिधैं विश्वकप खेल्नेछन् ।

दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सँग दुई खेल खेल्न बाँकी छ । श्रीलंकाले न्युजिल्यान्डसँग तीन खेल खेल्न बाँकी छ । दक्षिण अफ्रिका यस जितले सोझै विश्वकप खेल्ने सम्भावना उच्च बनेको छ । इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको अन्तिम खेल बुधबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.