default_image

3 years ago

January 29, 2023

न्युजिल्यान्डमाथि भारतको रोमान्चक जित

229 views

0 Bookmark

एजेन्सी – भारतले दोस्रो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा सूर्यकुमार यादव ३१ बलमा १ चौकासहित २६ रनमा अविजित रहे । हार्दिक पान्ड्या २० बलमा १ चौकासहित १५ रनमा अविजित रहे । पाँचौं विकेटका लागि हार्दिक र सूर्यले ३२ बलमा ३१ रनको साझेदारी गर्दै रोमान्चक जित दिलाए ।

भारतलाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको थियो । तीव्र गतिका बलर ब्लेयर टिकनरले पहिलो पहिलो बलमा हार्दिक पान्ड्यालाई एक रन दिँए । दोस्रो बल सूर्यलाई डट राखे । तेस्रो बलमा कट एण्ड बोल्ड गर्न चुकेका थिए । चौथौ बलमा एक रन दिएपछि दुई बलमा तीन रन चाहिँएको थियो ।

पाँचौं बलमा सूर्यले कभरको माथिबाट चौका हान्दै रोमान्चक जित दिलाए । भारतका ओपनर ईशान किशन ३२ बलमा २ चौकासहित १९ तथा ईशान किशन ९ बलमा २ चौकासहित ११ रनमा आउट भए । राहुल त्रिपाठी १८ बलमा १ चौकासहित १३ रनमा आउट भए । वासिन्टन सुन्दर ९ बलमा १० रनमा रन आउट भए ।

न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । ईश सोधीले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनार २३ बलमा १ चौकासहित सर्वाधिक २० रनमा अविजित रहेका थिए । मार्क च्यापम्यान र माइकल ब्रेसवेलले १४–१४ रन बनाए । अन्य कुनैपनि न्युजिल्यान्डका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चौथो ओभरको तेस्रो बलमा ओपनर फिन एलेन युजभेन्द्र चहलको बलमा ११ रनमा बोल्ड हुन पुगेका थिए । स्पिनर वासिन्टन सुन्दरले डेभन कन्वेलाई ११ रनमै विकेटकिपर ईशान किशनबाट क्याच आउट गराएका थिए । पार्ट टाइम स्पिनर दीपक हुडाले ग्लेन फिलिप्सलाई ५ रनमा बोल्ड गरे ।

कुलदीप यादवले डर्याल मिचेललाई ८ रनमा बोल्ड गरे । मार्क च्यापम्यान २१ बलमा १४ रन बनाउँदै रन आउट भए । भारतका अर्शदीप सिंहले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए ।

कुलदीप यादव, युजभेन्द्र चहल, दीपक हुडा, वासिन्टन सुन्दर र हार्दिक पान्ड्याले १(१ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार अहमदाबादमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.