3 years ago
January 30, 2023
एजेन्सी – भारत क्रिकेट बोर्ड (बिसिसिआई) ले यू-१९ महिला विश्वकप विजेता भारतीय टोलीलाई ८ करोड दिने भएको छ । भारतले आइतबार राती फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ । पहिलो पटक भएको महिला यू–१९ विश्वकप उपाधि जित्दै भारतले इतिहास रचेको छ ।

बिसिसिआईका सचिव जय शाहले सामाजिक सञ्जालमार्फत ५ करोड भारु (८ करोड रुपैयाँ) टिम र म्यानेजमेन्ट टिमलाई दिने जनाएका छन् । जितको लागि ६९ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो ।भारतकी सौम्या तिवारीले ३७ बलमा ३ चौकासहित सर्वाधिक २४ रनमा अविजित रहिन् । इंग्ल्यान्डकी हन्ना बेकेर ग्रेस स्क्रिभेन्स र एलेक्सा स्टोनहाउस एक एक विकेट लिए ।
त्यसअघि सेनवेस पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड १७.१ ओभरमा ६८ रनमा अल आउट भयो । इंग्ल्यान्डकी रियाना म्याकडोनाल्ड गेले २४ बलमा ३ चौकासहित सर्वाधिक १९ रन बनाइन् । नियाम हल्याण्ड १०, एलेक्सा स्टोनहाउस र सोफिया स्मालेले ११–११ रन बनाइन् ।
भारतकी तितास साधुले ४ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । अर्चना देवीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । पाश्रर्वी चोपडा ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]