2 years ago
January 30, 2023
एजेन्सी – भारत र न्युजिल्यान्डबीचको दोस्रो टि२० आई खेल छक्का विहीन बन्न पुगेको छ । आइतबार राती भारतले कम योगफलको रोमान्चक खेलमा न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै सिरिज बराबरी गरेको छ।
तर दुबै टोलीको तर्फबाट कुनैपनि ब्याटरले छक्का हान्न सकेनन् । जितको लागि १ सय रनको विजयी लक्ष्य भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
भारतले बाउन्ड्रीको रुपमा कुल ८ चौका प्रहार गर्यो । शुभमन गिल र ईशान किशनले दुई दुई चौका प्रहार गरे । सूर्यकुमार यादव, हार्दिक पान्ड्या, वासिन्टन सुन्दर र राहुल त्रिपाठीले एक एक चौका हाने । छक्का कुनैपनि ब्याटरको ब्याटबाट निस्किन सकेन ।
त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनायो । न्युजिल्यान्डले कुल ६ चौका मात्रै प्रहार गर्न सक्यो । ओपनर फिन एलेनले सर्वाधिक दुई चौका हाने । डेभन कन्वे, डर्याल मिचेल, मिचेल सान्टनार र जकोब डफीले एक एक चौका हाने ।
यो टि२० आई इतिहासमा सर्वाधिक बल खेल्दा छक्का विहीन बनेको खेल हो । यस खेलमा भारत र न्युजिल्यान्ड गरी कुल २ सय ३९ बलको खेल भएको थियो । यसअघि २०२१ मा न्युजिल्यान्ड र बंगलादेशबीच मिरपुरमा २ सय ३८ बलको खेल हुँदा छक्का विहीन बनेको थियो । २०१० मा पाकिस्तान र इंग्ल्यान्डबीच कार्डिफमा २ सय २३ बल खेल्दा छक्का विहीन बनेको थियो । २०२१ मा श्रीलंका र भारतबीच कोलोम्बोमा २ सय ७ बल खेल्दा छक्का विहीन बनेको थियो ।
लखनऊमा स्पिनर सामु दुबै टोलीका ब्याटरले संघर्ष गर्नुपर्यो । भारतले कुल १३ ओभर स्पिनरबाट गरायो । न्युजिल्यान्डले १७ ओभर स्पिनरलाई मात्रै गराएको थियो । माइकल ब्रेसवेल, मिचेल सान्टनार, ईश सोधी र ग्लेन फिलिप्सलाई ४–४ ओभर गराएको थियो । मार्क च्यापम्यानले एक ओभर गरे ।
तीव्र गतिका बलर तीन ओभर मात्रै गराएको थियो । प्रमुख बलर लोकी फर्गुसनलाई ब्यक्तिगत पहिलो ओभर १९ औं ओभरमा दिएको थियो । एकै इनिङमा सर्वाधिक स्पिनर प्रयोग यो दोस्रो खेल हो । यसअघि जिम्बालेले २०१० मा वेस्टइन्डिजविरुद्ध पोर्ट अफ स्पेन तथा पाकिस्तानले २०१२ मा अष्ट्रेलियाविरुद्ध कोलोम्बोमा १८-१८ ओभर स्पिन बलिङ गराएको थियो ।
खेलको प्लेयर अफ द म्याच सूर्यकुमार यादव चुनिए । सूर्यले ३१ बलमा १ चौकासहित २६ रन बनाए । अन्तिम दुई बलमा जितको लागि तीन रन चाहिँदा सूर्यले चौका प्रहार गर्दै खेल जिताएका थिए । तीन टि२० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ । बुधबार लखनऊमा तेस्रो तथा निर्णायक खेल हुनेछ ।
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक भएको छ । तालिकाअनुसार सिरिज कात्तिक ९ देखि १९ गतेसम्म आयोजना हुनेछ । सिरिजमा नेपाल र अमेरिका सहित स्कटल्यान्डको पनि सहभागिता रहने छ । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग […]
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी मध्येका एक सोमपाल कामीलेकेही वर्षमा भारत र नेपालको क्रिकेट समान स्तरमा आउन सम्भव रहेको बताएका छन् । क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको लागि त्यसतर्फ जानुअघि सोमपालले भारतको बेंगलोरमा राखेको जस्तो क्याम्प निरन्तर भएमा केही वर्षमा नेपाली क्रिकेट भारतको स्तरमा पुग्ने विश्वास व्यक्त गरे […]
September 12, 2024
एजेन्सी – अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली इङ्ल्यान्डलाई २८ रनले पराजित गरेको छ । अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ८० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १९.२ ओभरमा १ सय ५१ रन बनाउँदै अल आउट भयो । घरेलु टोलीका लागि लियम लिविगंस्टोनले सर्वाधिक ३७, ओपनर तथा कप्तान फिल […]