default_image

1 year ago

January 30, 2023

अन्तर्राष्ट्रिय क्रिकेटबाट मुरलीको सन्न्यास

एजेन्सी– भारतीय ब्याटर मुरली विजयले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । मुरली विजयले ३८ वर्षको उमेरमा सन्न्यासको घोषणा गरेका छन् । विजयले भारतबाट ६१ टेस्ट, १७ ओडिआई र ९ टि२० आई खेल खेलेका छन् । २००८ मा अष्ट्रेलियाविरुद्ध नागपुरमा टेस्टमा डेब्यू गरेका थिए । विजयले १२ शतक र १५ अर्धशतकसहित ३ हजार ९ सय […]

170 views

0 Bookmark

एजेन्सी– भारतीय ब्याटर मुरली विजयले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । मुरली विजयले ३८ वर्षको उमेरमा सन्न्यासको घोषणा गरेका छन् । विजयले भारतबाट ६१ टेस्ट, १७ ओडिआई र ९ टि२० आई खेल खेलेका छन् ।

२००८ मा अष्ट्रेलियाविरुद्ध नागपुरमा टेस्टमा डेब्यू गरेका थिए । विजयले १२ शतक र १५ अर्धशतकसहित ३ हजार ९ सय ८२ रन बनाएका छन् । २०१० मा अष्ट्रेलियाविरुद्ध बेंगलोरमा १ सय ३९ रनको शतकीय इनिङ खेलेका थिए ।

२०१३ मा अष्ट्रेलियाविरुद्ध हैदराबादमा करिअरको उत्कृष्ट १ सय ६७ रनको इनिङ खेलेका थिए । विजयले अन्तिम पटक भारतबाट २०१८ डिसेम्बरमा अष्ट्रेलियाविरुद्धनै दिल्लीमा खेलेका थिए ।

ओडिआई भने २०१० मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए । टि२० आईमा अफगानिस्तानविरुद्ध त्यसै वर्ष डेब्यू गरेका थिए । अन्तिम पटक ओडिआई तथा टि२० आई २०१५ मा जिम्बावेविरुद्ध खेलेका थिए ।

२०१० को आइपिएलमा चेन्नई सुपर किंग्सबाट राजस्थान रोयल्सविरुद्ध विजयले ५६ बलमा ८ चौका र ११ छक्कासहित १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए । मुरली विजयी अव स्पोट खेलकुद व्यापारमा काम गर्ने बताएका छन् ।

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

April 17, 2024

आइपिएलमा दिल्लीसँग गुजरातको हार

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार गुजरात टाइटेन्सलाई ६ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर ९२ रन बनाएको थियो । दिल्लीका लागि […]

Success

Thank you for your time.