3 years ago
January 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज पोखरामा बस्दैछ । नेपाल टि२० लिग विवादपछि बस्न लागेको बोर्ड बैठकमा बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि क्यानले लगाएको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गर्ने एजेन्डामा छलफल हुने बताइएको छ ।

चार महिनापछि बस्न लागेको बोर्ड बैठकमा नेपाल टि२० लिग विवाद, मुख्य प्रशिक्षक नियुक्ति, सन्दीप लामिछाने निलम्बन फुकुवा, आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज आयोजना, एसिसी प्रिमियर कप आयोजना लगायत विषयमा छलफल हुँदैछ । जसमध्य सन्दीप निलम्बन फुकुवा र नेपाल टि२० लिग विवाद मुख्य एजेन्डा रहेको बताइएको छ ।
बलात्कार आरोप लागेपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो । क्यानले उक्त निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गर्न हतार गर्दै आएको छ । सन्दीपलाई पुष २९ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न दिएको थियो । तर सन्दीप दोषी हुन् वा होइनन् भन्ने निर्णय जिल्ला अदालत काठमाडौंले दिएको छैन ।
उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ । यदि सन्दीप काठमाडौं उपत्यका छाड्दा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जवाफ दिनु पर्ने समेत जनाएको छ । काठमाडौं छाड्ने र फर्किने मितिसँगै त्यो स्थानमा रहने नाम समेत जनाउनु पर्ने हुन्छ ।

सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन । तर सन्दीप पक्षका कानुनी व्यावसायीलल उनलाई टोलीमा राख्नुपर्ने माग गरेका छन् । तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।
भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । सन्दीपले असोज २० मा त्रिभुवन विमानस्थलबाट आत्मासपर्ण गरेका थिए । सन्दीपलाई सिनियर टोलीमा फर्काउन लागि परेको क्यान नेतृत्वको भने चौतर्फी आलोचना हुँदै आएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]