default_image

3 years ago

January 31, 2023

विश्वकप खेल्दै विवाहित जोडी

273 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका दुई महिला विवाहित जोडीले अर्को महिना दक्षिण अफ्रिकामा हुने टि२० विश्वकप क्रिकेट खेल्दैछन् । विश्वकप खेल्नुअघि उक्त दुई क्रिकेटरले जर्सीमा आफ्नो नाम परिवर्तन गरेका छन् ।

इंग्ल्यान्डका नाट सिभर र क्याथेरीन ब्रन्टले एकअर्कासँग गत वर्ष मे मा विवाह गरेका थिए । दक्षिण अफ्रिकामा हुने महिला टि२० विश्वकपको लागि यी दुई महिला क्रिकेटर जोडीले इंग्ल्यान्डबाट खेल्नेछन् । एकअर्कासँग विवाहपछि थर पनि परिवर्तन गरेर सिभर-ब्रन्ट राखेका छन् ।

३० वर्षीय अलराउन्डर नाटले आफ्नो जर्सीमा एन सिभर-ब्रन्ट लेखेकी छिन् । क्याथेरीनले के सिभर-ब्रन्ट लेखेकी छिन् । यी दुई जोडीले २०१९ अक्टोबरमा इन्गेजमेन्ट गर्दै २०२० सेप्टेम्बरमा विवाह गर्ने जनाएका थिए । तर कोरोना महामारीको कारण २०२२ मा विवाह गर्नुपरेको थियो । इन्गेजमेन्टपछि यी दुई जोडीले २०२० को टि२० विश्वकप र २०२२ को एकदिवसीय विश्वकप खेलि सकेका छन् ।

३० वर्षीय अलराउन्डर नाटले इंग्ल्यान्डबाट ८ महिला टेस्ट, ९४ महिला ओडिआई र १ सय ३ महिला टि२० आई खेलेकी छिन् । ३७ वर्षीय ब्रन्टले इंग्ल्यान्डबाट १४ महिला टेस्ट, १ सय ४१ महिला ओडिआई र १ सय ७ महिला टि२० आई खेलेकी छिन् । इंग्ल्यान्डको टोलीमा दुवै महत्वपूर्ण सदस्य हुन् ।

यी दुई विवाहित जोडीले २०१३ देखिसँगै इंग्ल्यान्डबाट खेल्दै आएका छन् । दक्षिण अफ्रिका दुई महिला क्रिकेटर डेन भान निकर्क र मारिजान कापपछि सँगै विश्वकप खेल्ने विवाहित जोडी समेत हुन् ।

यसपटक घरेलु मैदानमा हुने विश्वकपमा दक्षिण अफ्रिकाकी प्रमुख खेलाडी निकर्क भने टोलीमा छैनन् । निकर्क फिटनेस टेस्टको मापदण्ड पूरा गर्न नसक्दा टोलीमा पर्न सकिनन् ।

यी दुई विवाहित जोडी निकर्क र कापले गतवर्ष द हन्ड्रेडको प्लेयर अफ द सिरिज र उपाधि एकअर्कासँग बाँडेका थिए । यी दुई विवाहित जोडीले पनि सँगै विश्वकप खेलिसकेका छन् ।

दक्षिण अफ्रिका विवाहित दुई महिला क्रिकेटर काप र निकर्क

महिला टि२० विश्वकप आगमी फेब्रुअरी १० देखि २६ सम्म दक्षिण अफ्रिकामा हुनेछ । समूह ए मा अष्ट्रेलिया, बंगलादेश, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र श्रीलंका छन् । समूह बी मा इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान र वेस्टइन्डिज छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.