default_image

3 years ago

January 31, 2023

सेभेन थ्रीले गर्यो नेपाल टि२० लिगको सम्झौता रद्द

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सेभेन थ्री स्पोर्ट्सले नेपाल टि२० लिग आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग सम्झौता रद्द गरेको छ । चौतफी आलोचना र विवादपछि सेभेन थ्री स्पोर्ट्सले आफैं सम्झौता रद्द गरेको जनाएको छ ।

सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन अलुवालियाले क्यानसँग सम्झौता रद्द गरेको बताएका छन् । क्यान र सेभेन थ्री स्पोर्ट्सबीच नेपाल टि२० लिग आयोजना गर्न ८ वर्षका लागि ३३ करोड रुपैयाँ दिने सम्झौता भएको थियो । तर पहिलो संस्करणको लिगकै बीचमा जतिन नेपाल छाडेर भारत गएका थिए ।

त्यसपछि भने उनी नेपाल आएनन् । यता नेपाल टि२० लिगमा केहि फ्रेन्चाइज टोलीको मालिक पहिचान नभएको, म्याच र स्पट फिक्सिङ, खेलाडीले समयमै पैसा नभएको, अपार्दशिता लगायत विभिन्न विवाद उत्पन्न भएका थिए । नेपाल टि२० लिग विवादलाई लिएर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले छानविन गरि रहेको छ । सेभेन थ्री नै स्पोट फिक्सिङको मुख्य योजनाकार भएको बुझिएको छ ।

स्पट फिक्सिङको आरोपमा नेपाली क्रिकेट टोलीका अलराउन्डर आदिल आलम र पूर्व क्रिकेटर मेहबुब आलम प्रकाउ परेका छन् । सिआईबीले क्यान र सेभेन थ्री दुबैमाथि अनुसन्धान गरि रहेको छ । जतिनले नेपाल टि२० लिग गराउन राखेपबाट अनुमति पाउन नसक्दा सम्झौता रद्द गरेको जनाएका छन् ।

नेपाल टि२० लिग पुष ९ देखि २६ सम्म टियु मैदानमा भएको थियो । लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको थियो । नेपाल टि२० लिगमा १० जना स्पट फिक्सिङ गरेको पुष्टि भएको छ । नेपालका एक खेलाडीसहित कुल ४ जना स्पट फिक्सिङमा संलग्न छन् । एक जना खेलाडीसहित ६ जना विदेशी संलग्न रहेको बुझिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.