default_image

3 years ago

February 1, 2023

क्यानको निर्वाचन जेठमा हुने

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगमी जेठमा हुने भएको छ । पोखरामा जारी क्यानको बोर्ड बैठकले साधरण सभा फागुन १४ र १५ मा मा सुर्खेतमा हुने जनाएको छ । उक्त साधरण सभापछि निर्वाचन आगमी जेठमा गर्ने क्यानको बोर्ड बैठकले निर्णय गरेको छ ।

क्यान स्रोतका अनुसार पहिला जिल्ला, प्रदेश हुँदै केन्द्रको निर्वाचन हुनेछ । जिल्ला सकिएको एक महिनापछि प्रदेशको निर्वाचन हुनेछ । प्रदेश सकिएको एक महिनापछि केन्द्रको निर्वाचन हुनेछ । नेपाल टि२० लिग विवादपछि कार्यकाल सकिनु चार महिना अघिनै निर्वाचन गर्न लागेको हो ।

मंगलबार पोखरामा सुरु भएको बोर्ड बैठक आज सम्पन्न हुनेछ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । नेपाल टि२० लिगमा विवाद, फिक्सिङ, समयमै खेलाडीले पैसा नपाएको कारण चौतर्फी आलोचना तथा असफलतापछि मल्लले पोखरामा भएको बोर्ड बैठकमा मंगलबार राजीनामा दिएका हुन् । केन्द्रिय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाएका छन् ।

प्रशान्त नेपाल टि२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समते थिए । मल्ल २०७६ असोज ११ मा क्यानको निर्वाचनबाट केन्द्रिय सदस्यमा नियुक्त भएका थिए । गतवर्ष सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि उक्त पदको जिम्मेवारी पाएका थिए । प्रशान्त नेपाल टि२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समेत थिए ।

क्यानले नेपाल टि२० लिगको कर्मसियल तथा रणनीतिक साझेदारको रुपमा ८ वर्षको लागि ३३ करोड नेपाली रुपैयाँमा बेचेको थियो । तर सेभेन थ्री स्पोट्र्सका संस्थापक जति अहलूवालियाबीचमै छाडेर भारत भागेका थिए । मंगलबार सेभेन थ्री स्पोर्ट्सले क्यानसँग सम्झौता तोडेको जनाएको छ । क्यानले उक्त सम्झौता खारेज गर्न वार्षिक साधरण सभामा लैजानी निर्णय गरेको छ।

त्यस्तै बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । सन्दीपलाई क्यानले असोज २३ मा निलम्बन गरेको थियो । सन्दीपको मुद्धा भने जिल्ला अदालत काठमाडौंमा अझै टुङ्गो लागेको छैन ।
क्यानकै ६ केन्द्रीय सदस्यले नेपाल टि२० लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएर बैठक छाडेका थिए ।

केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गर्दै बोर्ड बैठक छाडेका थिए । लामो समयदेखि सर्वोच्चमा मुद्धा रहेको एभरेष्ट प्रिमियर लिगका संस्थापक आमिर अख्तर र जोरा स्पोर्ट्ससँगको समस्या समाधान गर्न क्यानका कोषाअध्यक्ष रोशनसिंहको संयोजकमा तीन सदस्य समिति गठन भएको छ ।

रोशनसँगै केन्द्रिय सदस्य पदम खड्का र कैलाश विष्ट रहेका छन् । नेपालले अप्रिलमा एसिसी प्रिमियर कप आयोजना गर्ने भएको छ । १० राष्ट्र सहभागी उक्त प्रतियोगिता विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.