default_image

3 years ago

February 1, 2023

नेपालले प्रिमियर कप आयोजना गर्ने

336 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसियन क्रिकेट काउन्सिल (एसिसी) को एकदिवसीय प्रिमियर कप आयोजना गर्ने भएको छ । पोखरामा जारी नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले पारित गर्दै अप्रिलमा आयोजना गर्ने पक्का भएको छ।

एसिसीले प्रिमियर कप पहिलो पटक गर्न लागेको हो । यसअघि इस्टर्न र वेस्टर्न रिजन हुँदै छनोट गरेपनि यस पटक प्रिमियर कप गर्न लागेको छ । १० टोली सहभागी प्रतियोगिता विजेता टोलीले सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।

अप्रिलमा हुने प्रिमियर कपमा समूह ए मा नेपाल, युएई, कुवेत, कतार र छनोटबाट आउने एक टोली हुनेछन् । समूह बी मा ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने एक टोली हुनेछन् । सेमिफाइनल हुँदै फाइनलको विजेताले एसिया कप खेल्न पाउनेछ ।

यस प्रतियोगिता शीर्ष तीन टोलीले इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन् । एसिया कपमा छनोट हुने एसिया कप टोलीले भारत र पाकिस्तानसँग खेल्नेछ । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । घरेलु टोली नेपाललाई उपाधि जित्दै भारत र पाकिस्तानसँग खेल्ने राम्रो अवसर हुनेछ ।

नेपालले एसिसीको प्रतियोगिता अन्तिम पटक २०१३ मा एसिसी टि२० कप आयोजना गरेको थियो । मार्च अन्तिम देखि अप्रिलसम्म भएको उक्त प्रतियोगिता उपाधि अफगानिस्तानले जितेको थियो । नेपाललाई ७ विकेटले हराउँदै अफगानिस्तानले उक्त उपाधि जितेको थियो ।

त्यसपछि नेपालले ठूला प्रतियोगिता आयोजना गरेको छैन । आइसिसीको प्रतियोगिता रुपमा नेपालले २०१० मा डिभिजन फाइभ आयोजना गर्दै उपाधि जितेको थियो ।

तर आइसिसीको विश्व क्रिकेट लिग च्याम्पियन्ससिप अन्तर्गत केन्या र नामिबियासँग सिरिज खेलेको थियो । आइसिसी विश्वकप लिग–२ का त्रिकोणात्मक सिरिज, त्रिकोणात्मक टि२० आई सिरिज र द्विपक्षीय सिरिज भने लगातार आयोजना गर्दै आएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.