default_image

3 years ago

February 1, 2023

क्यानले सन्दीपसँग केन्द्रिय सम्झौता नगर्ने

312 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानोसँग नेपाल क्रिकेट संघ (क्यान) ले २०२३ को केन्द्रिय सम्झौता नगर्ने भएको छ। क्यानले २०२३ को जनवरी देखि जुनसम्म केन्द्रिय सम्झौता सार्वजनिक गर्दा सन्दीप ग्रेडमै छैनन् । क्यानले ए ग्रेड पाँच, बी ग्रेडमा तीन र सी ग्रेडमा १० खेलाडीलाई राखेको छ ।

अर्जुन साउद, गुलशन झा, देव खनाल, सागर ढकाल र विवेक यादव पहिलो पटक ग्रेडमा परेका छन् । तर बलात्कार आरोप लागेका सन्दीपलाई कुनैपनि ग्रेडमा राखेको छैन । सन्दीपमाथि असोज २३ मा लगाएको निलम्बन भने क्यानले फुकुवा गरेको छ । तर आफ्नो सम्झौतामा राखेको छैन ।

सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर सन्दीप दोषी हुन् वा होइनन् भन्ने निर्णय जिल्ला अदालत काठमाडौंले दिएको छैन ।

सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन । सन्दीपलाई विदेश जान भने रोक लगाएको छ । उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएको छ ।

भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । सन्दीपले असोज २० मा त्रिभुवन विमानस्थलबाट आत्मसमर्पण गरेका थिए । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो ।

पुरुषतर्फ ए ग्रेडका खेलाडीले मासिक ६० हजार, बी ग्रेडका खेलाडीले ५० हजार र सी ग्रेडका खेलाडीले ४० हजार प्राप्त गर्नेछन् । महिलातर्फ ए ग्रेडका खेलाडीले मासिक २१, बी ग्रेडका खेलाडीले १८ र सी ग्रेडका खेलाडीले १५ हजार पाउनेछन् । महिला ग्रेड भने १८ बाट १२ मा झारिएको छ ।

पुरुषतर्फ २०२३ जनवरी देखि जुनसम्म ग्रेड :

ग्रेड ए : रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख
ग्रेड बी : आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल

ग्रेड सी : कमलसिंह ऐरी, विनोद भण्डारी, गुलशन झा, अर्जुन साउद, अभिनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव ।

महिलातर्फ २०२३ जनवरी देखि जुनसम्म ग्रेड :

ग्रेड ए : रुविना क्षेत्री बेलबासे, सीता रानामगर र इन्दु बर्मा

ग्रेड बी : काजोल श्रेष्ठ, कविता कुँवर, अस्मिना कर्माचार्य

ग्रेड सी मा : कविता जोशी, विन्दु रावल, संगिता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.