default_image

3 years ago

February 1, 2023

क्यानले महिला खेलाडीको केन्द्रिय सम्झौता संख्या घटायो

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टोलीको ग्रेड विभाजन (केन्द्रिय सम्झौता) खेलाडी संख्या घटाएको छ । क्यानले २०२३ को जनवरी देखि जुनसम्म ६ महिनाको लागि सम्झौता गरेको छ । पुरुष खेलाडी १८ र महिला १२ खेलाडी सम्झौतामा राख्ने पोखरामा बसेको बोर्ड बैठकले निर्णय गरेको छ।

क्यानले २०२२ मा महिला खेलाडीको सम्झौता १८ गरेको थियो । तर यो पटक १२ खेलाडीमा झारेको छ । महिला खेलाडीको ए ग्रेडमा रहने खेलाडीले २१ हजार, बी ग्रेडमा रहने खेलाडीले १८ हजार र सी ग्रेडमा रहेका खेलाडीले १५ हजार प्राप्त गर्नेछन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले निश्चित मापदण्ड नपुगेपछि १२ खेलाडीमा झारिएको बताएका छन् । ‘हामीले एउटा निश्चित मापदण्ड बनाएका छौं । त्यो मेल नखाएपछि हामीले १२ बनाएका हौं । पाउन १८ ले नै पाउने छन् । बाँकीले प्रोत्साहन रुपमा पाउनेछन्’, पाठकले हाम्रो खेलकुदसँग भने ।

‘हामीले एउटा गाइड लाइन बनाएका छौं । यति टि२० आई खेल खेल्नी भन्नेछ । अरुको पुगेको छ । तलमाथि हुनेक्रममा धेरै जना भन्दा बरु प्रोत्साहन स्वरुप देऊ र सबैले पाउँछन् भन्ने छ । प्रदर्शनको आधारका उनीहरुले राम्रो गरेको छ भनेर दिने निर्णय गरेका छौं । सम्झौताको रुपमा नभएर एकमुष्ट रुपमा दिने निर्णय गरेका हौं’, उनले भने ।

पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएकी कविता कुँवर भने ग्रेड बी मा छिन् । अर्की तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले ग्रेड बी मा बढुवा भएकी छिन् । उनी गतवर्ष ग्रेड सी मा थिइन् ।

क्यानले ग्रेड ए मा कप्तान रुविना क्षेत्री बेलबासे, उपकप्तान इन्दु बर्मा र सीता रानामगरलाई राखेको छ । ग्रेड बी मा काजोल श्रेष्ठ, कविता कुँवर र अश्मिना कर्माचार्य छिन् । ग्रेड सी मा कविता जोशी, विन्दु रावल, संगिता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.