default_image

1 year ago

February 2, 2023

‘सन्दीपलाई क्यानको कारवाही होटेल छाडेकोमा थियो’

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई होटल छाडेर अनुशासन तोडेको कारण कारबाही गरेको जनाएको छ । क्यानले सन्दीपलाई असोज २३ मा कप्तानबाट हटाउँदै निलम्बन गरेको थियो । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गरेको छ ।

तर सन्दीपको बलात्कार मुद्धा जिल्ला अदालत काठमाडौंमा अझै टुङ्गो लागेको छैन । क्यानले भने उनको फुकुवा निलम्बन गर्दै सिनियर टोलीमै फर्काउने तयारी गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बोर्ड बैठकपछि पोखरामा सन्दीपलाई अनुशासनको कारण निलम्बन गरेको बताएका छन् । अर्थात सन्दीपले केन्या जानु अघिल्लो दिन भदौ ५ मा होटल छाडेको कारण निलम्बन परेका थिए ।

‘सन्दीपले अदालतले रोकेको बाहेक सबै कुरा गर्न पाउँछ । अदालतको जुन कुरामा लोक लगाएको छ । कानुनी राय परामर्श लिएका छौं । अन्तर्राष्ट्रिय निकायको सहमतीमै गरिएको हो । हामीले अनुशासनको कारबाही गरेका हौं । अनुशासनको कारवाही तीन महिना भन्दा बढी भयो । क्याम्प छाडेको कारणले निलम्बन गरिएको थियो । त्यो फिर्ता गरिएको छ । वहाँ खेल्न पाउने वा नपाउने दोस्रो कुरा हो’, पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादुर चन्दले भने ।

चन्दले क्याम्प छाडेर गएको कारण सन्दीपलाई निलम्बन गरेको बताएका छन् । उनको भनाइ अनुसार बलात्कारको आरोपमा भने सन्दीपलाई निलम्बन गरिएको थिएन । त्यसैले अदालतले नरोकेको कुरामा आफूहरुले रोक्न नमिल्ने बताए ।

‘सन्दीपलाई टिममा फर्काउन हतार भएको छैन । तीन महिना भन्दा बढी भईसक्यो । अदालतले खेल्न हुन्छ हुँदैन भन्ने त्यस्तो कुनै निर्णय आउँछ भने हामी त्यसलाई सम्मान गर्दछौं । अन्यथा अदालतले नरोकेको कुरालाई हामीले रोक्न अधिकार छैन । हामीले निलम्बन फुकुवा गरेका मात्रै हो’, चन्दले भने ।

‘क्याम्प छोडेर अनुशानसन उलंघन गरेको कारण निलम्बन गरिएको हो । त्यसलाई निलम्बनबाट फुकुवा गरेको हो । बाँकी नेपाली टोलीमा अटाउने वा नअटाउने कुरा छनोट समितिले निर्णय गर्ला । अदालतले रोकेको बाहेक अन्य हामीले जबरजस्ती रोक्न मिल्दैन’, चन्दले भने ।

‘हैन १० वर्ष मुद्दा चल्यो र निर्दोष सावित भयो भने?,’ चन्दले प्रतिप्रश्न गरे, ‘कि त अदालतले भन्नुपर्यो खेलाउनु हुँदैन भनेर । हाम्रो लागि पक्ष विपक्ष होईन । एउटा खेलाडीलाई अनुशासनको दायरामा लिएका थियौं । त्यो फुकुवा गरेका हौं’, उनले भने ।

सन्दीपले फुकुवाको लागि निवेदन दिएको कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । ‘मलाई फुकुवा गरि पाउँ भनेर उसले लिखित रुपमा निवेदन दिएको थियो । बोर्डले त्यो राख्यो । सबै साथीहरु सहमत भएपछि फुकुवा गरेको हो’, उनले भने ।

क्यानले सन्दीपलाई बन्द प्रशिक्षण छोडेर गएको कारण कारवाही गरेको र त्यसै निलम्बन अहिले फुकुवा गरेको पाठकले बताए , ‘बन्द प्रशिक्षणको समयमा होटल छाडेकाले कारवाही गरेको हो । क्यानले बलात्कार गरेको भन्ने विषय प्रमाणित गर्ने कुरै भएन, त्यो अदालतको कुरा हो । होटल छाडेको त भिडियोमा देखिएको छ । राती गएको पनि देखिएको छ । बन्द प्रशिक्षण छोडेर गएको मान्छे स्वत: कारवाहीमा पर्छ’, पाठकले भने

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.