3 years ago
February 1, 2023
एजेन्सी – युवा ओपनर शुभमन गिलको कीर्तिमानी शतकमा भारतले तेस्रो तथा निर्णायक टि२० आई खेलमा न्युजिल्यान्डलाई २ सय ३५ रनको विशाल विजयी लक्ष्य दिएको छ ।

अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । भारतका ओपनर शुभमन गिल ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय २६ रनमा अविजित रहे ।
गिलले विराट कोहलीले कीर्तिमान तोड्दै भारतीय क्रिकेटमा इतिहास रचेका छन् । गिल भारतबाट टि२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन् । गिलले विराट कोहलीले एसिया कपमा अफगानिस्तानविरुद्ध ६१ बलमा खेलेको १ सय २२ रनको अविजित इनिङ तोड्दै भारतबाट टि२० आईमा एक खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् ।
लोकी फर्गुसनको १८ औं ओभरको पहिलो बलमा कभरमा चौका हान्दै गिलले ५४ बलमा शतक पूरा गरेका थिए । गिलको पहिलो टि२० आई शतक हो । गिलले ब्यक्तिगत ३३ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर लोकी फर्गुसनको छैटौं बलमा ब्लेयर टिकनरले क्याच छाड्न पुगेका थिए ।

भारतले ओपनर ईशान किशनलाई एक रनमै गुमाएको थियो । स्पिनर माइकल ब्रेसवेलको बलमा ईशान एलबीडब्लू आउट भएका थिए । रिभ्यु लिएपनि सफल हुन सकेनन् । दोस्रो विकेटका लागि राहुल त्रिपाठी र गिलले ८० रनको साझेदारी गरे ।
त्रिपाठी २२ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा आउट भए । आक्रामक सुरुवात गरेपनि स्पिनर ईश सोधीको बलमा डिप स्क्वायर खेलमा लोकी फर्गुसनबाट क्याच आउट भए । सूर्यकुमार यादव १३ बलमा १ चौका र २ छक्कासहित २४ रनमा आउट भए ।
गिल र हार्दिक पान्ड्याले चौथो विकेटका लागि ४० बलमा १ सय ३ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । हार्दिक १७ बलमा ४ चौका र १ छक्कासहित ३० रनमा आउट भए ।
न्युजिल्यान्डका माइकल ब्रेसवेल, ब्लेयर टिकनर, ईश सोधी र डर्याल मिचेलले एक एक विकेट लिए । तीन खेलको सिरिज १(१ को बराबरीमा छ । पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]