default_image

3 years ago

February 2, 2023

गिलले तोडे कोहलीको कीर्तिमान

244 views

0 Bookmark

एजेन्सी – भारतीय युवा ओपनर शुभमन गिलले विराट कोहलीको कीर्तिमान तोडेका छन् । तेस्रो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डविरुद्ध सानदार शतक हान्दै गिलले कोहलीको कीर्तिमान तोडेका हुन् ।

अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनायो । ओपनर शुभमन गिल ६३ बलमा १२ चौका र ७ छक्कासहित १ सय २६ रनमा अविजित रहे ।

गिलको यो टि२० आई करिअरको पहिलो शतक हो । गिल भारतबाट टि२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन् । गिलले उक्त कीर्तिमान विराट कोहलीको तोडेका हुन् । कोहलीले एसिया कप २०२२ को सेप्टेम्बरमा अफगानिस्तानविरुद्ध ६१ बलमा १ सय २२ रनको अविजित शतकीय इनिङ खेलेका थिए । जुन गिल अघि भारतबाट सर्वाधिक टि२० आई उच्च स्कोर थियो ।

२०१७ मा रोहित शर्माले श्रीलंकाविरुद्ध १ सय १८ र सूर्यकुमार यादवले २०२२ मा इंग्ल्यान्डविरुद्ध १ सय १७ रनको शतकीय इनिङ खेलेका थिए । गिल भारतबाट टि२० आईमा सर्वाधिक कम उमेरमा टि२० आईमा शतक हान्ने खेलाडी पनि बनेका छन् । गिलले २३ वर्ष १ सय ४६ दिनमा शतक हानेका छन् । उनले सुरेश रैनाको २३ वर्ष १ सय ५६ दिनमा २०१० मा दक्षिण अफ्रिकाविरुद्ध हानेको शतकको कीर्तिमान तोडेका हुन् ।

जितको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२.१ ओभरमा मात्रै ६६ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका डर्याल मिचेलले २५ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३५ रन बनाएका थिए ।

टि२० आई इतिहासमा यो जित भारतको सर्वाधिक ठूलो अन्तरको हो । यसअघि आयरल्यान्डविरुद्ध १ सय ४३ रनको जित भारतको टि२० आईमा सर्वाधिक ठूलो अन्तरको जित थियो । टेस्ट टोलीले टि२० आईमा हारेको यो सर्वाधिक ठूलो अन्तर हो ।

यसअघि आयरल्यान्डले २०१८ मा भारतसँग तथा वेस्टइन्डिजले पाकिस्तानसँग समान १ सय ४३ रनले पराजित भएका थिए । भारतले टि२० आई इतिहासमा विपक्षीलाई अल आउट गरको सबैभन्दा कम योगफल हो ।

यसअघि आयरल्यान्डलाई २०१८ मा ७० रन र २०१२ मा इंग्ल्यान्डलाई ८० रनमा अल आउट गरेको थियो । न्युजिल्यान्डको यो टि२० आईमा हालसम्मकै फराकिलो हार हो । यसअघि पाकिस्तानसँग २०१० मा १ सय ३ रनको हार नै सर्वाधिक फराकिलो हार रहँदै आएको थियो । तीन खेलको सिरिज भारतले २-१ ले जितेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.