default_image

3 years ago

February 2, 2023

‘धोनीको जिम्मेवारी मेरो काँधमा’ – हार्दिक

200 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पान्ड्याले महेन्द्रसिंह धोनीको सन्न्यासपछि त्यो जिम्मेवारी एक्कासी आफ्नो काँधमा आएको बताएका छन् । न्युजिल्यान्डलाई तेस्रो तथा अन्तिम टि२० आई खेलमा १ सय ६८ रनले पराजित गर्दै सिरिज जितेपछि कप्तान हार्दिक पान्ड्याले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘मलाई माही (धोनी) ले खेलेको तल्लोक्रमको भूमिका निर्वाह गर्न कुनै आपति छैन । त्यो समयमा म भर्खरको थिए । पार्क वरिपरी हिर्काईरहेको हुन्थे । तर उनी गएपछि एक्कासी त्यो जिम्मेवारी मेरो काँधमा छ । नतिजा पाई रहेका छौं । यदि अलिकति ढिलो खेल्नु परेपनि ठिक छ’, कप्तान हार्दिक पान्ड्याले खेलपछि पत्रकार सम्मेलनमा भने ।

पान्ड्या तीन खेलको सिरिजमा प्लेयर अफ द सिरिज चुनिएका थिए । ‘मलाई छक्का प्रहार गर्न सधैं रमाईलो लाग्छ । तर यो त्यो जीवन हो । मैले विकाश गर्नुपर्छ । म पार्टनरसिपमा विश्वास गर्छु । र मेरो ब्याटिङ पार्टनर र टिमलाई म त्यहाँ छु भन्ने शान्तता दिन चाहन्छु । मैले यी कुनैपनि खेलाडीले भन्दा धेरै खेल खेलेको पनि छु’, उनले भने । त्यसैमा हार्दिकले थपे, ‘मैले कसरी दबाबलाई स्वीकार गर्ने, लिने र सबै कुरा शान्त छ भनेर सुनिश्चित गर्न सिकेको छु ।’

‘सायद मैले मेरो स्ट्राइकरेट कम गर्नुपर्ने हुन्छ । नयाँ भूमिका लिदा म सधैं आशाबादी हुन्छु । म नयाँ बल (सुरुवाती बलिङ) को भूमिका लिन चाहन्छु । किनभने कोहि आएर त्यो कठिन भूमिका लियोस भन्ने म चाहन्न । तिनीहरु दबाबमा छन् । त्यसपछि हामी खेल पछ्याउँदै छौं । म टोलीको नेतृत्व लिन्छु । म मेरो नयाँ बल कौशलमा काम गरि रहेको छु’, हार्दिकले भने ।

पछिल्लो समय बलिङमा पावर प्ले अर्थात सुरुमै बलिङ गर्दै राम्रो प्रदर्शन गर्दै आएका छन् । जितको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२.१ ओभरमा ६६ रनमा अल आउट भयो । भारतले आफ्नो टि२० आई इतिहासकै सर्वाधिक ठूलो जित हात पार्यो । उक्त जित हात पार्न हार्दिक पान्ड्याले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएका थिए ।

त्यसअघि कप्तान हार्दिकले अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेपछि भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको थियो । ओपनर शुभमन गिलले ६३ बलमा १२ चौका र ७ छक्कासहित १ सय २६ रनको अविजित शतकीय इनिङ खेले ।

हार्दिकले १७ बलमा ३० रन जोडेका थिए । चौथो विकेटका लागि मात्रै ४० बलमा गिलसँग १ सय ३ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । धोनीको कप्तानीमा २०१६ मा डेब्यू गरेका हार्दिकले पछिल्लो एक वर्षमा खेल्ने शैली परिवर्तन गरेको छन् । त्यसअघि तल्लोक्रममा ब्याटिङ गर्ने हार्दिकले चोटपछि पूनरागमन गर्दै गतवर्षदेखि मध्यक्रममा ब्याटिङ गर्दै आएका छन् ।

आइपिएलमा पहिलो पटक कप्तानी गर्दै गुजरात टाइटन्सलाई उपाधि जिताएपछि भारतले आयरल्यान्डको सिरिजदेखि हार्दिकलाई कप्तानको जिम्मेवारी दिएको थियो । हार्दिकलाई अव नियमित टि२० कप्तानको रुपमा हेरिएको छ । विशेष त भारतले २०२४ को विश्वकपलाई ध्यानमा राख्दै खेलाडी प्रयोग गर्दै आएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.