default_image

3 years ago

February 2, 2023

नेपाली क्रिकेट टोलीबाट १० खेलाडी बाहिरिए

313 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटर सिद्धान्त लोहनी, अनुभवी खेलाडी शरद भेषावकर, तीव्र गतिका बलर अभिनाश बोहरासहित १० खेलाडी नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । क्यानले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डविरुद्ध खेल्ने दोस्रो चरणको नाम निकाल्दा १० खेलाडी बाहिरिएका छन् ।

अनुभवी शरद भेषावकर, सिद्धान्त लोहनीसहित १० खेलाडी बाहिरिदा पहिलो चरणमा प्रशिक्षणमा नभएका प्रतिश जि.सी र सन्दीप लामिछाने अन्तिम २० मा रहेका छन् । क्यानले गत शुक्रबार २८ सदस्य खेलाडी बोलाएको थियो । शरद, सिद्धान्त, भुवन कार्की, विनोद भण्डारी, अंकित सुवेदी, सागर ढकाल, विवेक यादव, अनिल शाह, अभिनाश बोहरा र विक्रम सोब पहिलो चरणको बन्द प्रशिक्षणबाटै बाहिरिएका छन् ।

नेपाल टि२० लिगमा काठमाडौं नाइट्सबाट खेल्दै १९ विकेटका साथ सर्वाधिक विकेट लिने बलर बनेका अभिनाश पनि पहिलो चरणबाटै बाहिरिएका छन् । मुख्य प्रशिक्षक मोन्टी देशाईले आइतबारदेखि प्रशिक्षण सुरु गरेका थिए । पाँच दिनको प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका हुन् ।

क्यानले एक दुई दिनमा आफ्नो अन्तिम टोली घोषणा गर्नेछ । प्रतिश जि.सीले प्रशिक्षणमा राम्रो गरेपछि टोलीमा बोलाएको हो । उनी सुरुवाती २८ खेलाडीको सूचिमा थिएनन् । बायाँ हाते तीव्र गतिका बलर प्रतिशले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् ।

प्रतिशले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । गत डिसेम्बरमा नामिबिया भ्रमणमा टोली जादा उनी वैकल्पिक सूचिमा थिए । सन्दीप भने बलात्कार आरोप लागेपछि टोलीमा फर्किएका हुन् । पोखरामा बसेको बोर्ड बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेपछि सिनियर टोलीमा बोलाइएको हो ।

उनीको अव फिटनेश परिक्षण हुनेछ । फिटनेशमा फिट भए सिनियर टोलीमा फर्किनेछन् । तर सन्दीपमाथि लागेको बलात्कार अरोपको मुद्धा जिल्ला अदालत काठमाडौंमा यथावत छ । सन्दीप दोषी हुन् वा होइनन् भन्ने अदालतले कुनै प्रमाणित गरेको छैन ।

नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालको टोली :

कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जि.सी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.