3 years ago
February 3, 2023
एजेन्सी – भारतीय अलराउन्डर जोगिन्दर शर्माले सबै किसिमको क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३९ वर्षीय जोगिन्दरले सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् ।

जोगिन्दरले २००४ देखि २००७ सम्म भारतबाट समान ४ ओडिआई र टि२० आई खेल खेलेका छन् । भारतलाई २००७ को टि२० विश्वकप जिताउन फाइनलमा पाकिस्तानविरुद्ध अन्तिम ओभरमा जोगिन्दर हिरो बनेका थिए ।
पाकिस्तानलाई उपाधि जित्न अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो । प्रमुख स्पिनर हरभजन सिंहले त्यो ओभर बलिङ गर्न मानेनन् । कप्तान महेन्द्रसिंह धोनीले जोगिन्दरलाई बल दिएका थिए ।
जोगिन्दरले पहिलो बल वाइड फ्याँले । पहिलो बल डट राख्दा राखेका थिए । दोस्रो बलमा मिस्बाह उल हकले छक्का हानेका थिए । तर तेस्रो बलमा स्कुप सट खेल्नेक्रममा श्रीशान्तबाट क्याच आउट भएपछि भारतले टि२० विश्वकप उपाधि जितेको थियो ।
जतिन्दरले पछिल्लो पटक घरेलु क्रिकेट २०१७ मा खेलेका थिए ।
जोगिन्दर आइपिएलको सुरुवाती चार संस्करण चेन्नई सुपर किंग्समा थिए । उनले १६ खेलमा १२ विकेट लिएका थिए । उनले घरेलु क्रिकेट भने हरियाणाबाट खेलेका थिए । उनले ७७ प्रथम श्रेणी खेलमा ८० लिष्ट ए र ४३ टि२० क्रिकेट खेल खेलेका छन् । जोगिन्दर भारतीय पुलिसका जागिरे हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]