default_image

3 years ago

February 3, 2023

नामिबियाका प्रमुख दुई स्टार नआउने, नेपाललाई फाइदा

244 views

0 Bookmark

एजेन्सी – नामिबियाका प्रमुख दुई स्टार अलराउन्डर जेजे स्मित र डेविड विजा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न नेपाल नआउने भएका छन् । नामिबियाले प्रमुख दुई अलराउन्डर विनानै नेपाल र स्कटल्यान्डसँग टियु मैदानमा खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

डेविड विजा नामिबियाका प्रमुख हतियार हुन् । विजाले २०१३ देखि २०१६ सम्म दक्षिण अफ्रिकाबाट क्रिकेट खेलेका थिए । २०२१ अक्टोबर देखि नामिबियाबाट खेल्दै आएका छन् । नामिबियाले पहिलो पटक गतवर्ष टि२० विश्वकप खेल्दै सुपर १२ मा स्थान बनाउन विजाले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । यस वर्षको टि२० विश्वकपमा पनि महत्वपूर्ण योगदान दिएका थिए ।

तीन महिना अघि अष्ट्रेलियामा भएको टि२० विश्वकपमा नामिबियाले श्रीलंकालाई ५५ रनले हराउँदै सनसनी मच्चाएको थियो । भरपर्दा अनुभवी विजा फिनिसरसँगै मध्यगतिमा बलिङ गर्ने अलराण्डर हुन् । उनीसँग विश्वको सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग आइपिएल देखि विभिन्न फ्रेन्चाइज लिगको अनुभव छ ।

यस पटकको आइपिएल अक्सनमा विजालाई कोलकाता नाइट राइडर्सले १ करोड ६० लाख भारुमा किनेको थियो । विजा सम्भव त पाकिस्तान सुपर लिगको कारण नेपाल नआएको अनुमान गरिएको छ । उनले फेब्रुअरी १३ देखि सुरु हुने पिएसएल लाहोर कलन्दर्सबाट खेल्नेछन् । अनुभवी खेलाडी नहुँदा नामिबियालाई असर पर्नेछ ।

त्यस्तै अर्का स्टार अलराउन्डर जेजे स्मित पनि नेपाल आउने छैनन् । स्मित चोटका कारण ६ महिनाको लागि बाहिरी सकेका छन् । स्मितको अघिल्लो महिना बायाँ खुट्टाको घुँडामा चोट लागेको थियो । स्मित नामिबियाका प्रमुख अलराउन्डर हुन् ।

नामिबियालाई ओडिआई मान्यता र पहिलो पटक टि२० विश्वकप खेलाउन उनको योगदान महत्वपूर्ण थियो । तीव्र गतिमा बलिङ गर्ने जेजे स्मितले तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । एसोसियट क्रिकेटकै उत्कृष्ट अलराउन्डरको रुपमा चिनिन्छन् ।

प्रमुख दुई स्टार खेलाडी नआउँदा नेपाललाई भने फाइदा हुनेछ । नामिबियाले नयाँ खेलाडीलाई मौका दिएको छ । बाँकी सबै १२ खेल जित्नुपर्ने दबाबमा रहेको नेपाललाई नामिबियाका दुई स्टार नआउँदा फाइदा पुग्ने देखिन्छ । अनुभवी र प्रमुख दुई खेलाडी नहुँदा नामिबिया तुलनात्मक रुपमा कमजोर बन्नेछ ।

नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । नामिबिया शीर्ष तीनमा रहँदै सिधैं एकदिवसीय विश्वकप छनोट खेल्ने लगभग पक्कापक्की भएको छ । स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४४ अंकका साथ शीर्ष स्थानमा रहँदै सिधैं विश्वकप छनोट खेल्ने भएको छ ।

यता नेपाल भने २४ खेलमा ८ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ । स्कटल्यान्ड र नामिबियाले अन्तिम टोली घोषणा गर्दा नेपालले भने केहि दिनमा सर्वाजनिक गर्नेछ । नेपालले २८ हुँदै २० सदस्य टोली घोषणा गरेको छ । एक दुई दिनमा अन्तिम टोली घोषणा गर्नेछ ।

नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।

नामिबियाको नेपाल आउने टोली :

जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, जान फ्रिलिंक, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, जोशुआन जुलिउस, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।

स्कटल्यान्डको टोली :

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप-कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर (विकासको लागि लिएको खेलाडी), शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।

नेपालको २० सदस्य टोली :

कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जि.सी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.