default_image

3 years ago

February 6, 2023

शिवनारायणका छोराले हाने सानदार दोहोरो शतक

141 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका महान् क्रिकेटर शिवनारायण चन्द्रपाउलका छोरा तेजनारायणले जिम्बावेसँगको पहिलो टेस्ट खेलमा सानदार दोहोरो शतक प्रहार गरेका छन् ।

क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले पहिलो इनिङमा १४३ ओभर ब्याटिङ गर्दै ४४७–६ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो ।

२६ वर्षीय तेजनारायणले ४ सय ६७ बलमा १६ चौका र ३ छक्कासहित २ सय ७ रनको अविजित दोहोरो शतकीय इनिङ खेले । २६ वर्षीय उनले आफ्नोा करिअरको मात्रै तेस्रो टेस्ट खेलमा दोहोरो शतक हानेका हुन् ।

कप्तान क्रेग ब्रेथवेट ३ सय १२ बलमा १८ चौकासहित १ सय ८२ रनमा आउट भए । पहिलो विकेटका लागि तेजनारायण र ब्रेथवेटले ३ सय ३६ रनको सानदार तेहेरो शतकीय साझेदारी गरेका थिए । यो वेस्टइन्डिजबाट टेस्ट क्रिकेटमा पहिलो विकेटका लागि भएको उच्च साझेदारी हो ।

समग्रमा वेस्टइन्डिजको टेस्टमा पाँचौं ठूलो साझेदारी हो । अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । जिम्बावेका ब्रेन्डन मभुताले सर्वाधिक पाँच विकेट लिए ।

तेजरायणले गत नोभेम्बरमा अष्ट्रेलियाविरुद्ध डेब्यू गरेका थिए । उनले पाँच इनिङमा ९१.७५ को औसतमा ३ सय ६७ रन बनाई सकेका छन् । उनलाई वेस्टइन्डिजको आगमी ब्याटिङको भविष्यको रुपमा हेरिएको छ ।

उनका बुबा शिवनारायणले १ सय ६४ टेस्ट खेलमा ३० शतकसहित ११ हजार ८ सय ६७ रन बनाएका छन् । २ सय ६८ ओडिआई खेलमा ११ शतक र ५९ अर्धशतकसहित कुल ८ हजार ७ सय ७८ रन बनाएका छन् । विश्व क्रिकेटकै एक सर्वाधिक सफल ब्याटर शिवनारायण पछिल्लो समय अमेरिका यू१९ महिला टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.