default_image

3 years ago

February 7, 2023

डब्लुपिएल अक्सनमा नेपालका कुनैपनि खेलाडी परेनन्

243 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा ८ मात्रै एसोसियट खेलाडी परेका छन् । नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराएपनि सर्टलिष्टमा भने ८ मात्रै एसोसियट खेलाडी रहेका छन् । नेपालबाट कुनैपनि खेलाडी छैनन् ।

बिसिसिआईले सर्ट लिष्टमा ४ सय ९ खेलाडी परेको जनाएको छ । कुल १ हजार ५ सय २५ खेलाडीले अक्सनको लागि नाम दर्ता गराएका थिए । पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले नाम दर्ता गराएपनि सर्टलिष्टमा भने पर्न सकेनन् ।

सर्ट लिष्टमा एसोसियटतर्फबाट सर्वाधिक बढी चार युएईका खेलाडी परेका छन् । युएइकी महिका गौर,वैष्णवे महेश, ईशा ओझा र तीर्थ सतिश अक्सनमा परेका छन् । त्यस्तै हङकङकी का यिङ, नेदरल्यान्ड्सकी स्टेरे कालिस र थाईल्यान्डकी नट्टाकन चन्थम रहेका छन् । अक्सन फेब्रुअरी १३ मा हुनेछ । अक्सनमा २ सय ४६ भारत र १ सय ६३ विदेशी खेलाडी रहेका छन् । पाँच टोलीले बढीमा ९० खेलाडी किन्नेछन् । जसमा ३० विदेशी खेलाडीको कोटा हुनेछ ।

डब्लूपिएललमा हरेक टोलीले बढीमा १८ खेलाडी किन्न पाउनेछन् । एक टोलीमा ७ विदेशी खेलाडी रहन पाउँछन् । जसमा कम्तिमा एक एसोसिएट खेलाडी हुनुपर्ने हुन्छ । प्लेइङ ११ मा पाँच विदेशी खेलाडी खेलाउन पाउँदा एक एसोसियट हुनुपर्ने हुन्छ । प्रतियोगिता आगमी मार्च ४ देखि २६ सम्म हुने बताइएको छ । प्रतियोगितामा कुल २२ खेल हुनेछन् ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.