default_image

3 years ago

February 8, 2023

‘आफ्नो जन्मदिन भन्दा फेब्रुअरी १४ मा बढी खुशी लाग्छ’– करण

371 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले आफ्नो जन्मदिन भन्दापनि फेब्रुअरी १४ दिन बढी खुशी लाग्ने बताएका छन् । टियु क्रिकेट मैदानमा अभ्यासमा ब्यस्त करण केसीले हाम्रो खेलकुदसँग कुराकानी गर्दै भ्यालेन्टाइन डे (फेब्रुअरी १४) आफ्नो जन्मदिन भन्दा बढी खुशी लाग्ने बताएका छन्।

फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे मानिन्छ । नेपाली क्रिकेटमा फेब्रुअरी १४ मा करण केसीलाई सम्झिने गरिन्छ । करणले २०१८ फेब्रुअरी १४ मा क्यानडाविरुद्ध करणले अविश्वसनीय जादुमय इनिङ खेल्दै ओडिआई मान्यता नजिक पुर्याएका थिए । त्यसैले करणलाई नेपाली भ्यालेन्टाइम ब्वाई भन्ने गरिन्छ ।

आइसिसी टि२० विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग घरेलु मैदान टियुमा खेल्दैछ । यस पटक फेब्रअुरी १४ मा नै नेपालले नामिबियासँग खेल्दै सिरिजमा सुरुवात गर्नेछ । करण आफ्नो जन्मदिन भन्दा पनि त्यो दिन बढी खुशी लाग्ने बताउँछन् ।

‘अव अरु दिन भन्दा पनि सामाजिक सञ्जालहरुमा समर्थकहरुले पोष्ट गरि रहेका हुन्छन् । त्यो हेर्दा पनि खुशीनै लाग्छ । आफ्नो जन्मदिन भन्दा पनि त्यो दिनमा बढी खुशी लाग्छ । मान्छेहरुले शुभकामना दिई राखेको हुन्छन् । त्यो दिन भन्दा पनि सकरात्मक नै अरुदिन जुन गरि रहेको हुन्छ त्यसरीनै अघि बढ्न पर्यो । जसरी पनि खेल जित्नुपर्छ । फेब्रुअरी १४ मै खेल भएको छ भने जसरी पनि जित्नु पर्यो । बढि मिहिनेत गर्यो भने सबै खेल जित्नु नै छ’, करणले भने ।

‘पहिला त यो सिरिज घरेलु मैदानमै छ । त्यसले गर्दा पनि अली बढी शक्ति छ । जहिले पनि घरेलु मैदानमै राम्रो गरेका छौं । यो प्रमुख प्रतियोगिता नै हो । हामीले कम्तिमा तीन खेल जित्ने आशामा अभ्यास गरि रहेका छौं’, करणले तयारी बारे भने ।

यस पटक टोलीमा तीव्र गतिका बलरमा उच्च प्रतिस्पर्धा छ । २० सदस्य टोलीमा दुई अनुभवी बलर करण केसी, सोमपाल कामीसँगै किशोर महतो, कमलसिंह ऐरी, गुलशन झा र प्रतिश जि.सी. छन् । करण यसलाई एउटा राम्रो प्रतिस्पर्धा मान्छन् ।

‘यो एउटा राम्रो प्रतिस्पर्धा हो । तीव्र गतिका बलरले मिहिनेत गर्नुपर्छ । बेन्चमा तीव्र गतिका बलर हुँदा आराम पनि छ । खेल्न सम्म मिहिनेत गरि नै राख्नी हो । कोहि राम्रो गरेर अगाडि आउँछ भने त्यसमा पनि खुशी लाग्छ’, करणले भने ।

यसअघि स्कटल्यान्ड र नामिबियाविरुद्ध ब्याटिङ नचन्दा बलरलाई दबाब बढी रहँदै आएको छ । करण टोलीका प्रमुख बलर हुन् । टियुको पिचमा नेपाली बलर विपक्षी ब्याटरलाई धेरै समय टिक्न दिनु हुँदैन । यो अवस्थामा करणको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

‘प्रमुख बलर भएपछि सुरु नै तीव्र गतिका बलरले गर्नुपर्छ । सुरुदेखि नै विकेट लिँदै टोलीलाई राम्रो अवस्थामा राख्नु पर्यो । त्यो चाहिँ योजना अनुसार नै अघि बढेका छौं । तीव्र गतिका बलरले एउटा काम गरि रहेका छौं’, उनले भने ।

२०१८ मा ओडिआई नहुँदा नेपाललाई त्यो प्राप्त गर्न असम्भव जस्तै मानिन्थ्यो । तर करण केसीको त्यो इनिङले ओडिआई मान्यता दियो । अहिले ओडिआई मान्यता जोगाउन त्यति नै कठिन अवस्था छ । ओडिआई पाउन र जोगाउन दुबै अवस्था गाह्रो भएको बताउँछन् ।

‘अव भनौं दुबै अवस्था उस्तै छ । त्यति बेलापनि ओडिआई नै थियो । अहिले पनि ओडिआई बचाउन हो । पहिला सिनियरहरु बढी हुँदा हामीलाई ब्याक गर्नुहुन्थ्यो । अव अहिले आफैं नै सिनियर खेलाडी भएर अरु खेलाडीहरुलाई पनि ब्याक गर्नुपर्ने हुन्छ । दबाब त्यहिँ हो । तर जसरी पनि ओडिआई बचाउनुपर्छ’, करणले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.