default_image

3 years ago

February 9, 2023

अष्ट्रेलियाले टस जित्यो, सूर्यको डेब्यू

219 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले भारतसँगको पहिलो टेस्ट खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नागपुरमा भएको टसमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

भारतले सूर्यकुमार यादव र विकेटकिपर स्रिकर भरतलाई डेब्यू दिएको छ । सूर्यले सिमित ओभरको क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । भरतले भारत ए र घरेलु क्रिकेटबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यस्तै अष्ट्रेलियाले स्पिनर टोड मुर्फीलाई डेब्यू दिएको छ ।

भारत र अष्ट्रेलियाबीच चार टेस्ट खेलको सिरिज हुनेछ । भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न कम्तिमा ३ खेल जित्नुपर्नेछ । अष्ट्रेलियाको फाइनल यात्रा अनौपचारिकता मात्रै बाँकी छ ।

भारतले आज खेलमा तीन स्पिनर रविन्द्र जडेजा, रविचन्द्रन आश्विन र अक्षर पटेललाई मैदान उतारेको छ । अष्ट्रेलियाले पनि खेलमा नाथन लायन, म्याट रेनेश र टोड मुर्फीगरि तीन स्पिनर मैदान उतारेको छ । पिच स्पिनर सहयोगी रहेको बुझिएको छ।

अष्ट्रेलियाको प्लेइङ ११ :

डेविड वार्नर, उस्मान खवाजा, मार्नस लाबुसेन, स्टिभ स्मिथ, म्याट रेनेशव, पिटर ह्यान्डकम्ब, एलेक्स केरी (विकेटकिपर), प्याट कमिन्स (कप्तान), नाथन लायन, टोड मुर्फी र स्कट बोलायन्ड ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), लोकेश राहुल, चेतेश्वर पुजारा, विराट कोहली, सूर्यकुमार यादव, स्रिकर भरत (विकेटकिपर), रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, अक्षर पटेल, मोहम्मद शामी र मोहम्मद शिराज ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.