3 years ago
February 9, 2023
एजेन्सी– भारतीय ओपनर मयंक अग्रवालले रणजी ट्रफीको दोस्रो सेमिफाइनल खेलमा कर्नाटकाबाट सौराष्ट्रविरुद्ध दोहोरो शतक प्रहार गरेका छन् । चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्नाटका दोस्रो दिन पहिलो सेसनमा ४ सय ७ रनमा अल आउट भएको छ ।

कर्नाटका कप्तान तथा ओपनर मयंक अग्रवालले ४ सय २९ बलमा २८ चौका र ५ छक्कासहित २ सय ४९ रनको दोहोरो शतकीय इनिङ खेले । अग्रवाल रन आउट हुन पुगेका थिए । अग्रवालले दोहोरो शतक प्रहार गर्न तल्लोक्रमका ब्याटरसँग राम्रो साझेदारी गरे ।
अग्रवाल र श्रीधरन शरथले छैटौं विकेटका लागि ३ सय ११ बलमा १ सय ३९ रनको साझेदारी गरेका थिए । अग्रवालले नवौं विकेटका लागि विद्धत कावेरप्पासँग ९१ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीमा अग्रवालले ७३ र विद्धतले १५ रन जोडेका थिए । सौराष्ट्रका चेतन सकारिया र केडी पटेलले तीन तीन विकेट लिए ।
भारतीय ओपनर अग्रवाल २०२२ मार्चमा श्रीलंकाविरुद्ध खेलपछि टोलीमा छैनन् । अग्रवालले भारतबाट २१ टेस्ट र पाँच ओडिआई खेल खेलेका छन् । रणजी ट्रफीमा सानदार प्रदर्शनपछि भारतीय टोलीमा पूनरागमनको सम्भावना बढेका छ ।
जनवरी तेस्रो साता अग्रवालले केरलाविरुद्ध २ सय ८ रनको दोहोरो शतक प्रहार गरेका थिए । अग्रवालले रणजी ट्रफीमा सानदार प्रदर्शन गर्नेक्रममा यस सिजनमा ९ सय ३५ रन बनाउँदै सर्वाधिक रन बनाउने ब्याटरको सूचिमा शीर्ष स्थानमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]