default_image

3 years ago

February 9, 2023

यस्तो छ आरिफ नेपालको टोलीमा नपर्नुको कारण

513 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मध्यक्रमका ब्याटर आरिफ शेख आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डविरुद्ध खेल्ने टोलीमा छैनन् । घरेलु टोली नेपालले अन्तिम १४ सदस्य टोली घोषणा गर्दा आरिफलाई भने वैकल्पिक सूचिमा राखेको छ ।

नेपाली क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले आरिफ टोलीमा नपर्नुको कारण बताएका छन् । दीपेन्द्र चौधरीका अनुसार आरिफ स्वास्थ्य अवस्थाको कारण टोलीमा नपरेका हुन् ।

‘आरिफलाई इन्फेक्सन ज्वरो देखिएको छ । त्यसैले उसलाई रिकभरीको लागि समय दिएको छ । सबै रिपोर्ट मैले पढेको छैन । ज्वरोसँगै खोकी र दुखाई पनि रहेको छ । औषधी खाई रहेका छन् । ठिक नहुँदा टोलीमा नभएका हुन्’, दीपेन्द्रले हाम्रो खेलकुदसँग भने ।

आरिफ नेपालका ओडिआई क्रिकेटका भरपर्दा ब्याटर हुन् । आरिफले तल्लोक्रममा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । आरिफले ३२ ओडिआई खेलमा ४ अर्धशतकसहित ५ सय ८२ रन जोडेका छन् । आरिफ मध्य गतिका बलिङ विकल्प समेत हुन् । आरिफ फिट नहुँदा नेपालले भीम सार्कीलाई मौका दिएको छ ।

भीम लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएपनि मौका पाउन सकेका छैनन् । आरिफको स्थानमा भीमसँगै कुशल मल्ल र सन्दीप जोरा मध्य एकले मौका पाउनेछन् ।

आरिफ नहुँदा टोलीको रणनीतिमा केहि असर भने पर्नसक्छ । नेपालले सन्दीप लामिछानेलाई पनि मौका दिएको छ । दीपेन्द्रले सन्दीपको फिटनेश अवस्था ठिक भएको बताए । त्यस्तै बायाँ हाते स्पिनर सूर्य तामाङ पहिलो पटक टोलीमा परेका छन् ।
नेपालले आरिफसँगै अर्जुन साउद, प्रतिश जि.सी र मौसम ढकाललाई बेन्चमा राखेकोछ । किशोर महतो र कमलसिंह ऐरी भने अन्तिम २० बाट बाहिरिएका छन् ।

नेपालले घरेलु मैदान टियुमा पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।

वैकल्पिक खेलाडी :
आरिफ शेख, प्रतिश जि.सी. मौसम ढकाल र अर्जुन साउद ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.