3 years ago
February 10, 2023
एजेन्सी – कप्तान रोहित शर्माको शतकमा घरेलु टोली भारतले पहिलो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध फराकिलो अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा भारतले पहिलो इनिङमा ७ विकेट गुमाउँदै ३ सय २१ रन बनाएको छ । भारतले पहिलो इनिङमा १ सय ४४ रनको अग्रता लिँदै बलियो अवस्थामा छ ।

भारतका रोहित शर्मा २ सय १२ बलमा १५ चौका र २ छक्कासहित १ सय २० रनको शतकीय इनिङ खेल्दै आउट भए । रोहितको यो टेस्ट करिअरको नवौं शतक हो । भारतका रविन्द्र जडेजा १ सय ७० बलमा ९ चौकासहित ६६ रनमा अविजित छन् । दोस्रो दिन खेल सकिन दुई बल बाँकी रहँदा स्टिभ स्मिथले जडेजाको क्याच छोड्दै जीवनदान दिएका थिए ।
बलिङमा पाँच विकेट लिँदै सस्तैमा समेटेका जडेजाले तल्लोक्रम ब्याटिङ सम्हाल्दै राम्रो अवस्थामा पुर्याएका छन् । अक्षर पटेल १ सय २ बलमा ८ चौकासहित ५२ रनमा अविजित छन् । आठौं विकेटका लागि आश्विन र जडेजाले ८१ रनको अविजित साझेदारी गरेका छन् ।

दोस्रो दिन भारतका प्रमुख ब्याटर भने सस्तैमा आउट भए । डेब्यू खेल खेलेका स्पिनर टोड मुर्फीले रविचन्द्रन आश्विनलाई २३ रनमा एलबीडब्लू आउट गरे । विराट कोहली १२ र चेतेश्वर पुजारालाई मुर्फीले ७ रनमा क्याच गराउँदै अष्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए ।
डेब्यू खेल खेलेका सूर्यकुमार यादव ८ रनमा नाथन लायनको बलमा बोल्ड भए । केएस भरत मुर्फीकै बलमा ८ रनमा आउट भए । अष्ट्रेलिया टोड मुर्फीले पाँच, नाथन लायन र प्याट कमिन्सले एक एक विकेट लिएका छन् ।
त्यसअघि नागपुरमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया पहिलो दिननै ६३.५ ओभरमा १ सय ७७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनले १ सय २३ बलमा ८ चौकासहित सर्वाधिक ४९ रन बनाएका थिए । प्रमुख ब्याटर स्टिभ स्मिथ १ सय ७ बलमा ७ चौकासहित ३७ रनमा आउट भएका थिए ।
दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर मोहम्मद शिराजले ओपनर उस्मान खवाजालाई एक रनमा बोल्ड आउट गरेका थिए । अर्को ओभरको पहिलो बलमा मोहम्मद शामीले डेविड वार्नरलाई एक रनमा बोल्ड गरेपछि २–२ को अवस्थामा पुगेको थियो ।

तेस्रो विकेटका लागि मार्नस लाबुसेन र स्टिभ स्मिथले ८२ रनको साझेदारी गर्दै खेल पूनरागमन गराएका थिए । तर भोजनपछि दोस्रो सेसनमा अष्ट्रेलियाले सुरुवातमै स्मिथ र लाबुसेनलाई गुमायो । त्यसपछि भने अष्ट्रेलिया ब्याटर क्रिजमा धेरै समय टिक्न सकेनन् ।
रविन्द्र जडेजाको बलमा लाबुसेन विकेटकिपर केएस भरतबाट स्टम्पिङ आउट भए । जडेजाले स्मिथलाई बोल्ड गरे । लगत्तै म्याट रेनेशलाई शून्यमा एलबीडब्लू आउट गरे । पिटर ह्यान्ड्सकम्ब ८४ बलमा ४ चौकासहित ३१ रनमा आउट भए । एलेक्स केरी ३३ बलमा ७ चौकासहित ३६ रनमा आउट भए । आश्विनले केरीलाई आउट गर्दा अष्ट्रेलिया १६२–६ को अवस्थामा पुगेको थियो ।
भारतका रविन्द्र जडेजाले २२ ओभरमा ८ मेडनराख्दै ४७ रन खर्चेर ५ विकेट लिए । रविचन्द्रन आश्विनले तीन, मोहम्मद शामी र मोहम्मदी शिराजले एक एक विकेट लिए । भारत र अष्ट्रेलियाबीच चार टेस्ट खेलको सिरिजको हुनेछ । भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न कम्तिमा तीन खेल जित्नुपर्ने हुन्छ ।
अष्ट्रेलियाको फाइनल यात्रा अनौपचारिक रुपमा मात्रै बाँकी छ । यदि भारतले तीन खेल जित्न नसकेको खण्डमा श्रीलंका र दक्षिण अफ्रिका मध्य एक टोली फाइनलमा पुग्ने समिकरण छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]