default_image

3 years ago

February 11, 2023

मर्फीको डेब्यूमै ७ विकेट, भारतलाई विशाल अग्रता

218 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका युवा स्पिनर टोड मर्फीले डेब्यू खेलमै घरेलु टोली भारतविरुद्ध ७ विकेट लिएका छन् । तर कप्तान रोहित शर्माको शतक, अक्षर पटेल र रविन्द्र जडेजाले तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गरेपछि भारतले पहिलो इनिङमा २ सय २३ रनको विशाल अग्रता लिएको छ ।

तेस्रो दिन पहिलो सेसनमा भारत पहिलो इनिङमा ४ सय रनमा अल आउट भएको छ । अन्तिम विकेटको रुपमा बोल्ड भएका अक्षर पटेल १ सय ७४ बलमा १० चौका र १ छक्कासहित ८४ रनमा आउट भए । पटेलको यो अन्तर्राष्ट्रिय कुनैपनि क्रिकेटमा उच्च प्रदर्शन हो । कप्तान प्याट कमिन्सले उनलाई बोल्ड आउट गरेका थिए ।

तेस्रो दिन सुरुवातमा रविन्द्र जडेजा १ सय ८५ बलमा ९ चौकासहित ७० रनमा मर्फीको बलमा बोल्ड आउट भए । आठौं विकेटका लागि जडेजा र पटेलले २ सय ११ बलमा ८८ रनको साझेदारी गर्दै अग्रता विशाल बनाएका थिए । नवौं विकेटका लागि पटेल र मोहम्मद शामीले ८६ बलमा ५२ रनको साझेदारी गर्दै अग्रता झनै बढाएका थिए । शामी ४७ बलमा २ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए ।

दोस्रो दिन कप्तान रोहित शर्मा २ सय १२ बलमा १५ चौका र २ छक्कासहित १ सय २० रनको शतकीय इनिङ खेल्दै आउट भएका थिए । रोहितको यो टेस्ट करिअरको नवौं शतक हो ।

मुर्फीले रविचन्द्रन आश्विनलाई २३ रनमा एलबीडब्लू आउट गरेका थिए । विराट कोहली १२ र चेतेश्वर पुजारालाई मुर्फीले ७ रनमा क्याच गराउँदै अष्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए ।

डेब्यू खेल खेलेका सूर्यकुमार यादव ८ रनमा नाथन लायनको बलमा बोल्ड भए । केएस भरत मुर्फीकै बलमा ८ रनमा आउट भए । अष्ट्रेलिया स्पिनर टोड मर्फीले ४७ ओभरमा १२ मेडन राख्दै १ सय २४ रन खर्चेर ७ विकेट लिए । कप्तान प्याट कमिन्सले दुई र नाथन लायनले एक विकेट लिए ।

त्यसअघि नागपुरमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया पहिलो दिननै ६३.५ ओभरमा १ सय ७७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनले १ सय २३ बलमा ८ चौकासहित सर्वाधिक ४९ रन बनाएका थिए । प्रमुख ब्याटर स्टिभ स्मिथ १ सय ७ बलमा ७ चौकासहित ३७ रनमा आउट भएका थिए ।

तेस्रो विकेटका लागि मार्नस लाबुसेन र स्टिभ स्मिथले ८२ रनको साझेदारी गर्दै खेल पूनरागमन गराएका थिए । तर भोजनपछि दोस्रो सेसनमा अष्ट्रेलियाले सुरुवातमै स्मिथ र लाबुसेनलाई गुमायो । त्यसपछि भने अष्ट्रेलिया ब्याटर क्रिजमा धेरै समय टिक्न सकेनन् ।

रविन्द्र जडेजाको बलमा लाबुसेन विकेटकिपर केएस भरतबाट स्टम्पिङ आउट भए । जडेजाले स्मिथलाई बोल्ड गरे । लगत्तै म्याट रेनेशलाई शून्यमा एलबीडब्लू आउट गरे । पिटर ह्यान्ड्सकम्ब ८४ बलमा ४ चौकासहित ३१ रनमा आउट भए । एलेक्स केरी ३३ बलमा ७ चौकासहित ३६ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले २२ ओभरमा ८ मेडनराख्दै ४७ रन खर्चेर ५ विकेट लिए । रविचन्द्रन आश्विनले तीन, मोहम्मद शामी र मोहम्मदी शिराजले एक एक विकेट लिए । भारत र अष्ट्रेलियाबीच चार टेस्ट खेलको सिरिजको हुनेछ । भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न कम्तिमा तीन खेल जित्नुपर्ने हुन्छ ।

अष्ट्रेलियाको फाइनल यात्रा अनौपचारिक रुपमा मात्रै बाँकी छ । यदि भारतले तीन खेल जित्न नसकेको खण्डमा श्रीलंका र दक्षिण अफ्रिका मध्य एक टोली फाइनलमा पुग्ने समिकरण छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.