default_image

3 years ago

February 11, 2023

अष्ट्रेलियाको भारतसँग लज्जास्पद हार

340 views

0 Bookmark

एजेन्सी – स्पिनर सामु निरिह बनेपछि अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा घरेलु टोली भारतसँग १ सय ३२ रनको इनिङ अन्तरको लज्जास्पद हार व्येहोरको छ । यो जितसँगै चार टेस्ट खेलको सिरिजमा भारतले १–० को अग्रता पनि लिएको छ ।

तेस्रो दिन दोस्रो सेसनमा अष्ट्रेलिया दोस्रो इनिङमा मात्रै ९१ रनमा अल आउट भयो । पहिलो इनिङमा २ सय २३ रनले पछि परेको अष्ट्रेलिया इनिङ अन्तरले पराजित हुन पुगेको हो । अष्ट्रेलियाका स्टिभ स्मिथले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ रनमा अविजित रहे । अन्य कुनैपनि अष्ट्रेलिया ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाका ओपनर उस्मान खवाजा ५, डेविड वार्नर १०, मार्नस लाबुसेन २८ बलमा ३ चौकासहित १७, म्याट रेनेश २, एलेक्स केरी १० र प्याट कमिन्स १ रनमा आउट भए । भारतका स्पिनर रविचन्द्रन आश्विनले सर्वाधिक पाँच विकेट लिए । रविन्द्र जडेजा र मोहम्मद शामीले दुई दुई विकेट लिए । अक्षर पटेलको नाममा १ विकेट रह्यो ।

त्यसअघि तेस्रो दिन पहिलो सेसनमा भारत पहिलो इनिङमा ४ सय रनमा अल आउट भएको थियो । भारतका कप्तान रोहित शर्मा २ सय १२ बलमा १५ चौका र २ छक्कासहित १ सय २० रनको शतकीय इनिङ खेल्दै आउट भएका थिए । रोहितको यो टेस्ट करिअरको नवौं शतक हो ।

अक्षर पटेल १ सय ७४ बलमा १० चौका र १ छक्कासहित ८४ रनमा आउट भए । पटेलको यो अन्तर्राष्ट्रिय कुनैपनि क्रिकेटमा उच्च प्रदर्शन हो । कप्तान प्याट कमिन्सले उनलाई अन्तिम विकेटको रुपमा बोल्ड गरेका थिए । तेस्रो दिन सुरुवातमा रविन्द्र जडेजा १ सय ८५ बलमा ९ चौकासहित ७० रनमा मर्फीको बलमा बोल्ड आउट हुन पुगे ।

आठौं विकेटका लागि जडेजा र पटेलले २ सय ११ बलमा ८८ रनको साझेदारी गर्दै अग्रता विशाल बनाएका थिए । नवौं विकेटका लागि पटेल र मोहम्मद शामीले ८६ बलमा ५२ रनको साझेदारी गर्दै अग्रता झनै बढाएका थिए । शामी ४७ बलमा २ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए ।

मुर्फीले रविचन्द्रन आश्विनलाई २३ रनमा एलबीडब्लू आउट गरेका थिए । विराट कोहली १२ र चेतेश्वर पुजारालाई मुर्फीले ७ रनमा क्याच गराउँदै अष्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए । डेब्यू खेल खेलेका सूर्यकुमार यादव ८ रनमा नाथन लायनको बलमा बोल्ड भए । केएस भरत मुर्फीकै बलमा ८ रनमा आउट भए ।

अष्ट्रेलिया स्पिनर टोड मर्फीले ४७ ओभरमा १२ मेडन राख्दै १ सय २४ रन खर्चेर ७ विकेट लिए । कप्तान प्याट कमिन्सले दुई र नाथन लायनले एक विकेट लिए ।

त्यसअघि नागपुरमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया पहिलो दिननै ६३.५ ओभरमा १ सय ७७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनले १ सय २३ बलमा ८ चौकासहित सर्वाधिक ४९ रन बनाएका थिए । प्रमुख ब्याटर स्टिभ स्मिथ १ सय ७ बलमा ७ चौकासहित ३७ रनमा आउट भएका थिए ।

तेस्रो विकेटका लागि मार्नस लाबुसेन र स्टिभ स्मिथले ८२ रनको साझेदारी गर्दै खेल पूनरागमन गराएका थिए । तर भोजनपछि दोस्रो सेसनमा अष्ट्रेलियाले सुरुवातमै स्मिथ र लाबुसेनलाई गुमायो । त्यसपछि भने अष्ट्रेलिया ब्याटर क्रिजमा धेरै समय टिक्न सकेनन् । पिटर ह्यान्ड्सकम्ब ८४ बलमा ४ चौकासहित ३१ रनमा आउट भए । एलेक्स केरी ३३ बलमा ७ चौकासहित ३६ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले सर्वाधिक पाँच विकेट लिए । रविचन्द्रन आश्विनले तीन, मोहम्मद शामी र मोहम्मदी शिराजले एक एक विकेट लिए । पहिलो इनिङमा ८ र दोस्रो इनिङमा ७ गरि भारतीय स्पिनरले मात्रै १५ विकेट लिएका थिए । बाँकी पाँच विकेट तीव्र गतिका बलरको नाममा रह्यो । समग्र ३० मध्य २२ विकेट स्पिनरको नाममा रह्यो । स्पिनर सहयोगी पिचमा अष्ट्रेलिया ब्याटर खुल्न सकेनन् । भारतले आफ्नो घरेलु मैदान र कन्डिसनको भरपूर्ण फाइदा उठायो ।

भारत र अष्ट्रेलियाबीच चार टेस्ट खेलको सिरिजको हुनेछ । भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न कम्तिमा तीन खेल जित्नुपर्ने हुन्छ ।अष्ट्रेलियाको फाइनल यात्रा अनौपचारिक रुपमा मात्रै बाँकी छ ।

यदि भारतले तीन खेल जित्न नसकेको खण्डमा श्रीलंका र दक्षिण अफ्रिका मध्य एक टोली फाइनलमा पुग्ने समिकरण छ । भारत र अष्ट्रेलियाबीच दोस्रो खेल १७ फेब्रुअरी देखि दिल्लीमा सुरुहुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.