default_image

3 years ago

February 11, 2023

जडेजाको सानदार पूनरागमन

206 views

0 Bookmark

एजेन्सी– भारतीय अलराउन्डर रविन्द्र जडेजाले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार पूनरागमन गरेका छन् । चोटका कारण पाँच महिना मैदान बाहिर भएका जडेजाले अष्ट्रेलियासँग पहिलो टेस्ट खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै सानदार पूनरागमन गरेका हुन् ।

पहिलो टेस्ट खेलमा भारत १ सय ३२ रनको इनिङ अन्तरले विजयी भएको छ । चार टेस्ट खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । भारतको जितमा रविन्द्र जडेजाले ७ विकेट लिनुको साथै ७० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए ।

अष्ट्रेलियालाई पहिलो इनिङमा १ सय ७७ रनमा अल आउट गर्न रविन्द्र जडेजाले २२ ओभरमा ८ मेडनसहित ४७ रन खर्चेर पाँच महत्वपूर्ण विकेट लिएका थिए । जडेजाले मार्नस लाबुसेनलाई ४९, स्टिभ स्मिथ ३७, म्याट रेनेशलाई डक, पिटर ह्यान्डस्कम्बलाई ३१ र टोड मर्फीलाई डक आउट गर्दै सस्तैमा आउट गर्दै यादगार पूनरागन गरेका थिए । जडेजा सामू अष्ट्रेलिया ब्याटिङ धरासयी भएको थियो ।

भारत पहिलो इनिङमा ४ सय रनमा अल आउट भयो । रविन्द्र जडेजाले तल्लोक्रममा १ सय ८५ बलमा ९ चौकासहित ७० रनको महत्वपूर्ण इनिङ खेलेका थिए । दोस्रो इनिङमा अष्ट्रेलियालाई ९१ रनमा अल आउट गर्न जडेजाले दुई विकेट लिएका थिए । जसमा विश्व टेस्ट क्रिकेटका नम्वर वान ब्याटर मार्नस लाबुसेनको विकेट सामेल थियो ।

जडेजा गत सेप्टेम्बरमा टि२० एसिया कपमा पाकिस्तानविरुद्ध खेलको क्रममा दायाँ खुट्टामा चोट लागेपछि शल्यक्रिया गर्नु परेको थियो । १४ वर्षदेखि भारतीय क्रिकेट टोलीबाट खेल्दै आएका जडेजा भारतका प्रमुख अलराउन्डर हुन् । जडेजाले अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा भएको टि२० विश्वकप गुमाएका थिए ।

जडेजा नहुँदा भारतको टोलीलाई ठूलो असर परेको थियो । जडेजाले दुई साताअघि रणजी ट्रर्फीमा सौराष्ट्रबाट तामिल नाडुविरुद्ध एकै इनिङमा ७ विकेट लिएपछि भारतीय टोलीमा मौका पाएका थिए ।

‘एकदमै राम्रो लागेकोछ । पाँच महिनापछि टोलीमा फर्केपछि आफ्नो शतप्रतिशत दिए । बलिङ र ब्याटिङ दुबैमा राम्रो गर्दा साँच्चै अद्धभुत अनुभव भएको छ । एनसिएमा कडा मिहिनेत गरेको थिए । एनसिएका कर्माचारी र फिजियोलाई धन्यावाद’, जडेजाले प्लेयर अफ द म्याच चुनिएपछि भने ।

जडेजाले पहिलो इनिङमा नियमविपरित अपिल गरेपछि उनलाई खेलको २५ प्रतिशत म्याच फि जरिवना लागेको छ । भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न कम्तिमा तीन खेल जित्नुपर्ने हुन्छ । अव बाँकी तीन मध्य दुई खेल जित्नुपर्ने हुन्छ ।

जडेजाको लय भारतलाई निर्णायक सावित हुनसक्छ । अष्ट्रेलियाको फाइनल यात्रा अनौपचारिक रुपमा मात्रै बाँकी छ । यदि भारतले तीन खेल जित्न नसकेको खण्डमा श्रीलंका र दक्षिण अफ्रिका मध्य एक टोली फाइनलमा पुग्ने समिकरण छ । भारत र अष्ट्रेलियाबीच दोस्रो खेल १७ फेब्रुअरी देखि दिल्लीमा सुरुहुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.