3 years ago
February 12, 2023
एजेन्सी – दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्यान्डले विजयी सुरुवात गरेका छन् । साविक विजेता अष्ट्रेलियाले न्युजिल्यान्डलाई ९७ रन तथा इंग्ल्यान्डले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेका छन् ।

टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । वेस्टइन्डिजकी हेली म्याथ्युजले ३२ बलमा ८ चौकासहित सर्वाधिक ४२ रन बनाइन् । शेमेन क्याम्पबेलले ३७ बलमा ४ चौकासहित ३४ रनमा आउट भइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका सोफी एक्लेस्टोनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिइन् ।
जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य इंग्ल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा नाटली स्क्याभर ३० बलमा ६ चौका र १ छक्कासहित ४० रनमा अविजित रहिन् । कप्तान हेथर नाइटले २२ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहिन् ।
ओपनर शोफिया डंकली १८ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा आउट भइन् । वेस्टइन्डिजकी चिनेल हेनरीले सर्वाधिक दुई विकेट लिइन् । समूह बी मा इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान र वेस्टइन्डिज छन् । आज साँझ यस समूहमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । ओपनर एलिसा हेली ३८ बलमा ९ चौकासहित ५५, एसिला पेरी २२ बलमा ३ चौका र २ छक्कासहित ४० र कप्तान मेग लर्निङ ३३ बलमा ७ चौकासहित ४१ रनमा आउट भइन् । न्युजिल्यान्डकी लिया ताहुहु र अमेलिया केरले तीन तीन विकेट लिइन् ।
जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १४ ओभरमा ७६ रनमा अल आउट भयो । उसको लागि अमेलिया केरले सर्वाधिक २० रन बनाइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
अष्ट्रेलियाकी एले एशली गार्डनरले ३ ओभरमा १२ रन खर्चेर ५ विकेट लिइन् । मेगन स्कटले दुई विकेट लिइन् । समूह ए मा अष्ट्रेलिया, श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिका र न्युजिल्यान्ड छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]