default_image

3 years ago

February 13, 2023

घरेलु मैदानको फाइदा उठाउने सोचमा नेपाल

328 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नाबियिया र स्कटल्यान्ड विश्व क्रिकेटमा एसोसिएट टोलीका बलिया टोली हुन् । इंग्लिस यी दुई टोलीले विश्व क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न नामिबिया र स्कटल्यान्ड यतिबेला नेपालमा छन् ।

नेपालले मंगलबार घरेलु मैदान टियुमा नामिबियासँग खेल्दै सुरुवात गर्नेछ । आइसिसी विश्वकप लिग–२ को यो घरेलु मैदानमा नेपालको दोस्रो सिरिज हो । यसअघि नेपालले २०२० मा अमेरिका र ओमानसँग टियुमा लिग २ को सिरिज खेलेका थियो । नेपालले लिग-२ मा कुल २४ खेल खेलेको छ ।

चार खेल घरेलु मैदान टियु र २० खेल विदेशी भूमिका छन् । विदेशी भूमिमा नेपाल पछि ओमान, अमेरिका, युएई, स्कटल्यान्ड र नामिबियामा गएर ४–४ खेल खेलेको थियो । घरेलु मैदानमा समान दुई हार र जित थियो । विदेशी भूमिमा १२ खेलमा हार, ६ खेलमा जित, एक खेलमा टाई र एक खेल नतिजा विहीन छन् ।

कुनैपनि टोली घरेलु मैदानमा खेल्नु भनेको अतिरिक्त फाइदा हुनु हो । त्यसैले घरेलु मैदान र समर्थकलाई १२ औं खेलाडी भनिन्छ । वातावरण अनुसार प्रदर्शनमा फरक पर्छ । त्यो विश्व क्रिकेटमै ठूला टोलीमा पनि देखिन्छ । उदाहरणलाई भारतले अष्ट्रेलिया र इंग्ल्यान्डमा अपेक्षा अनुसार प्रदर्शन गर्न सक्दैन ।

तीव्र गतिको बलिङ आक्रामण खेल्न इंग्लिस कन्डिसनमा सहज हुँदैन । अष्ट्रेलिया र इंग्ल्यान्ड भारतमा आएर त्यो प्रदर्शन गर्न सक्दैन । भारतमा स्पिनर खेल्न सहज हुँदैन । त्यसको मुख्य कारण भनेको नै घरेलु वातावरण र पिचको अवस्था हो । त्यसैले नेपालको सोच घरेलु मैदान र समर्थकको फाइदा उठाउनु पर्ने हुन्छ । नेपाललाई अन्य कुनै विकल्प पनि छैन ।

स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारका साथ ४६ अंक जोड्दै च्याम्पियन बन्न अनौपचारिक बाँकी छ । स्कटल्यान्ड यसै वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सोझैं खेल्ने पक्का भएको छ । नामिबियाको पनि शीर्षतीन उच्च सम्भावना उच्च छ । नेपाल भ्रमणमा औपचारिक रुपमै पक्का गर्न चाहन्छ । नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ ।

यता नेपाल भने २४ खेलमा ८ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ । शीर्ष तीनमा पर्न नेपालले सबै १२ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन ९ खेल जित्नुपर्ने हुन्छ । नेपालले विदेशमा खेलेका २० मध्य ६ खेलमा मात्रै जित हात पारेको छ । पछिल्लो समय नामिबिया भ्रमणमा गत डिसेम्बरमा चार मध्य तीन खेलमा हारेको थियो । एक खेल वर्षाको कारण नतिजा विहीन थियो । जुन लिग २ मा नेपालको एक सिरिजमा सबैभन्दा खराब हार हो ।

स्कटल्यान्ड नेपालमा पहिलो पटक खेल्दैछ । नामिबिया ७ वर्षपछि नेपालमा खेल्दैछ । नामिबियाले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत २०१६ को अप्रिलमा नेपालमा आएर दुई खेल खेलेको थियो । त्यो दुबै खेलमा नेपाल विजयी भएको थियो । सात वर्षमा टियुको पिचमा धेरै परिवर्तन आएको छ । स्कटल्यान्ड पहिलो पटक नेपालमा खेल्ने हुँदा खेल सुरु हुनु भन्दा ६ दिन अघिनै आएको थियो ।

नेपाली वातावरणमा खेल्न यी दुई टोलीलाई सहज हुनेछैन । ओडिआई मान्यता बचाउन संघर्षरत नेपाललाई घरेलु मैदानको भरपूर्ण फाइदा उठाउन बाहेक अन्य कुनै विकल्प पनि छैन । कप्तान रोहित पौडेलले घरेलु मैदानमा खेल्दा फाइदा नै हुने बताई सकेका छन् ।

‘घरेलु मैदानमा खेल्दा फाइदा हुन्छ । यसअघि जतिपनि घरेलु मैदानमा खेलेका छौं समग्र प्रदर्शन राम्रो छ । आफ्नो विकेटको अनुभव प्रयोग गर्ने हो । सबैले प्रदर्शन गरेपछि यो प्रतियोगिता जित्न सकिन्छ’, केहि दिनअघि रोहितले भनेका थिए ।

नेपालले यसपघि युएई र पपुवा न्युगिनीसँग समान ४-४ खेल खेल्नेछ । जसमा समान दुई खेल घरेलु मैदानमा खेल्नेछ । नेपालले फेब्रुअरी २७ देखि ६ मार्चसम्म युएईमा गएर खेल्नेछ । पपुवा न्युगिनीमा हुनुपर्ने उक्त सिरिज त्यहाँ राम्रो संरचना नभएपछि युएईमा सारिएको छ । त्यसपछि नेपालले मार्च ९ देखि १६ सम्म टियुमा पपुवा न्युगिनी र युएईसँग खेल्नेछ । एक महिना नेपाली टोली निकै ब्यस्त रहनेछ । त्यही प्रदर्शनले भविष्य निर्धारण गर्नेछ ।

यदि नेपालले यस सिरिजमा चार मध्य दुई खेल भन्दा बढी हारेको खण्डमा औपचारिक रुपमा शीर्ष तीन दौडबाट बाहिरिने छ । नेपाल शीर्ष तीनमा पर्न नसके विश्वकप यात्राबाट भने बाहिरिदैन । विश्वकप लिग–२ का बाँकी पुछारका चार टोलीले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । क्वालिफायर प्लेअफमा विश्वकप सुपर लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिग ए र बी का विजेता क्यानडा र जर्सी गरि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

शीर्ष पाँचमा पर्दै ओडिमाई मान्यता जोगाउन बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपालको लक्ष्य घरेलु मैदानमा चार खेलमा चार नै जित्ने हुनेछ । नेपालले आफ्नो जित मात्रै होईन । स्कटल्यान्डले नामिबियालाई दुबै खेलमा हराउँदा नेपाललाई फाइदै फाइदा पुग्ने देखिन्छ । नामिबियाका दुई प्रमुख अलराउन्डर जे जे स्मित र डेविड विजा भने नेपाल भ्रमणमा छैनन् । त्यसले टोली केहि कमजोर समेत बनेको छ ।

स्कटल्यान्ड र नामिबियाविरुद्ध लिग-२ मा नेपालको नतिजा

नेपालले लिग २ मा नामिबियालाई हराउन सकेको छैन । खेलेको चार मध्य तीन खेलमा नामिबिया विजयी भएको छ । एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । गत जुलाईमा स्कटल्यान्डमा नामिबयिाले नेपाललाई ४० र ६३ रनले पराजित गरेको थियो । गत डिसेम्बरमा घरेलु मैदानमा नामिबियाको पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो खेलमा ८६ रनले हराएको थियो ।

उता स्कटल्यान्डसँग नेपालले खेलेको चार मध्य तीन खेलमा हारेको छ । जुलाईमा घरेलु मैदानमा स्कटल्यान्ड पहिलो खेलमा नेपालसँग पाँच विकेटले स्तब्ध भएको थियो । त्यसपछि बाँकी तीन खेलमा नेपालमाथि समान ८ विकेट र तीन विकेटले पराजित भएको थियो । नामिबियासँग सबै खेलमा लक्ष्य पछ्याउँदा नेपाल पराजित भएको थियो । स्कटल्यान्डसँग पहिला ब्याटिङ गरेका तीनै खेलमा पराजित भएको थियो ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.