3 years ago
February 13, 2023
एजेन्सी – वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा रोयल च्यालेन्जर्स बेंगलोरले भारतीय स्टार ब्याटर स्मृति मन्धना र अष्ट्रेलियाकी एलिसा पेरीलाई अक्सनमा करोड मूल्य खर्चिदै टोलीमा भित्र्याएको छ ।

पहिलो पटक भएको डब्लूपिएल अक्सनमा वुमन्स बेंगलोर टोलीले विश्वका दुई स्टार क्रिकेटरलाई करोड मूल्य खर्चिएको छ । स्मृति मन्धनाले अक्सनमा ५० लाख भारु राखेकी थिइन् । उनलाई किन्न अक्सनमा बेंगलोर र मुम्बई इन्डियन्सको वुमन्स टोलीबीच प्रतिस्पर्धा भएको थियो । बेंगलोरले उनलाई ३ करोड ४० लाख भारुमा किनेको छ । जुन भारतमा जारी अक्सनको सर्वाधिक मूल्य हो ।
बेंगलोरले अष्ट्रेलिया स्टार अलराउन्डर एलिसा पेरीलाई पनि टोलीमा भित्र्याएको छ । पेरीले अक्सनमा ५० लाख भारु मूल्य राखेकी थिइन् । उनलाई किन्न बेंगलोरसँगै दिल्ली क्यापिटल्स वुमन्स टोलीले मूल्य लगाएका थिए । पेरीलाई बेंगलोरले १ करोड ७० करोड भारु खर्चिदै टोलीमा किनेको छ ।
भारतीय बलर दिप्ती शर्मालाई उत्तर प्रदेश वुमन्स टोलीले २ करोड ६० लाख भारु खर्चेको छ । अष्ट्रेलियाकी बलिङ अलराउन्डर गार्डनरलाई गुजरात जायन्ट्स वुमन्स टोलीले ३ करोड २० करोड रुपैयाँ खर्चेको छ । गार्डनरले टि२० विश्वकपमा दुई दिनअघि न्युजिल्यान्डविरुद्ध पाँच विकेट लिएकी थिइन् ।
अक्सनमा ४ सय ९ खेलाडी छन् । जसबाट ९० खेलाडीमाथि मूल्य लाग्नेछ । कुल १ हजार ५ सय २५ खेलाडीले अक्सनको लागि नाम दर्ता गराएका थिए । पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले नाम दर्ता गराएपनि सर्टलिष्टमा भने पर्न सकेका थिएनन् । प्रतियोगिता आगमी मार्च ४ देखि २६ सम्म हुने बताइएको छ । प्रतियोगितामा कुल २२ खेल हुनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]