default_image

9 years ago

December 30, 2016

पारस सम्मिलित एपिएफलाई क्रिकेटमा स्वर्ण

188 views

0 Bookmark

सातौं राष्ट्रिय खेलकुद
विराटनगर (हाम्रो खेलकुद) – एपिएफ सातौं राष्ट्रिय खेलकुदको क्रिकेटमा पनि च्याम्पियन बनेको छ । फुटबलमा जस्तै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । धरानमा शुक्रबार नै आर्मीलाई २–० ले हराएर एपिएफले फुटबलमा पनि स्वर्ण पदक जितेको थियो ।

apf-1e
मोरङको बैझनाथपुर रंगशालामा टस हारेर पनि पहिले ब्याटिङको निम्ता पाएको एपिएफले निर्धारित २० ओभरमा १ सय २१ रनको योगफल तयार पारेको थियो । टोलकिा कप्तान पारस खड्काले ३८ बलको सामना गर्दै ३३ रन जोडे । १ सय २२ रनको मध्यम लक्ष्य पछ्याएको आमीृको टोली ७२ रनमा अलआउट भयो र रजत पदकमा चित्त बुझाउन बाध्य भयो । एएिफका भुवन कार्कीले ४ विकेट लिए ।
फुटबलमा जस्तै क्रिकेटमा पनि अर्को विभागिय टोली नेपाल पुलिसले कांस्य पदक जितेको छ । मध्यमाञ्चललाई ३३ रनले हराउँदै पुलिस तेस्रो भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेटको क्षेतिमा १ सय ५५ रन बनाएको थियो । पुलिसका मञ्जित श्रेष्ठले १५ बलको सामना गर्दै ३६ रन बनाएका थिए । जवाफमा मध्यमाञ्चलले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रनमात्र बनाउन सक्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.