default_image

3 years ago

February 13, 2023

सात वर्षपछि नेपालमा खेल्दै नामिबिया

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियाले सात वर्षपछि नेपालसँग मंगलबार टियु क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि नामिबिया ७ वर्षपछि नेपाल आएको हो।

नामिबियाले पछिल्लो पटक २०१६ मा नेपालमा आएर खेलेको थियो । त्यसपछि नेपाली भूमिका नामिबियाको पहिलो खेल हुनेछ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५–१७ अन्तर्गत नामिबिया नेपाल आएको थियो । २०१६ अप्रिल १६ मा टियु मैदानमा नेपाल र नामिबियाबीच पहिलो खेल भएको थियो । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले ९ विकेट गुमाउँदै ५० ओभरमा १ सय ९५ रन बनाएको थियो ।

उक्त विजयी लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा शरद भेषावकरले ९९ बलमा ३ चौकासहित ५० रनको अविजित इनिङ खेलेका थिए । दोस्रो खेलमा नेपालले नामिबियालाई तीन विकेटले हराएको थियो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको थियो ।

जितको लागि २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । तत्कालिन कप्तान पारस खड्काले ९४ बलमा ५ चौका र ७ छक्कासहित १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । त्यो समय नेपाल आएका जेरार्ड इरास्मस अहिले नामिबियाका कप्तान् बनेका छन्। जेरार्डसँगै, विकेटकिपर जेन ग्रिन र लोहान लोउरेन्स गरि तीन खेलाडी यस पटक टोलीमा पनि छन् ।

२०१८ मा डिभिजन २ मा नेपालले घरेलु टोली नामिबियामाथि एक विकेटको रोमान्चक जित हात पारेको थियो । लिग–२ मा भने नेपालले नामिबियालाई हराउन सकेको छैन । नेपाल र नामिबियाबीच ओडिआईमा चार खेल भएका छन् । चार मध्य तीन खेलमा नेपाल पराजित हुँदा एक खेलमा वर्षाको कारण अंक बाँडेको थियो ।

गत जुलाईमा स्कटल्यान्डमा नामिबियाले दुबै खेलमा ४० रन र ६३ रनले हराएको थियो । जसक्रममा दोस्रो खेलमा २ सय रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ३६ रनमा अल आउट भएको थियो । गत डिसेम्बरमा पहिलो खेलमा घरेलु टोली नामिबियाविरुद्ध नेपाल ४९.५ ओभरमा १ सय ९७ रनमा अल आउट भएको थियो ।

त्यसपछि ४ बलमा ४ रन बनाउँदा वर्षाको कारण खेल हुन सकेको थिएन । दोस्रो खेलमा नामिबियाले नेपाललाई २ सय ७६ रनको लक्ष्य दिएको थियो । उक्त विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ८९ रनमा अल आउट भएको थियो ।

नामिबियाका प्रमुख दुई अलराउन्डर नेपाल भ्रमणमा छैनन् । जेजे स्मित र डेविड विजा नेपाल आएका छैनन् । यी दुई प्रमुख अलराउन्डर नहुँदा नामिबिया केहि कमजोर बन्ने देखिन्छ । नेपाल र नामिबियाबीचको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । खेलको टिकट मूल्य १ सय ५० र ३ सय ५० रुपैयाँ रहेको छ ।

नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ ।

नामिबियाको टोली :

जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, जान फ्रिलिंक, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, जोशुआन जुलिउस, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.