default_image

3 years ago

February 14, 2023

सन्दीपलाई दोस्रो बलमै विकेट

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध आफ्नो दोस्रो बलमै विकेट लिएका छन् ।

बलात्कार आरोप लागेको पाँच महिनापछि मैदान पूनरागमन गरेका सन्दीपले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई सन्दीपले १३ रनमा बोल्ड आउट गरे ।

चोभार एन्डबाट आएका सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट लिएका थिए । विकेटलिएपछि सन्दीप भावुक बनेका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमा तीन मात्रै रन खर्चिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १२ ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाएको छ । नामिबियाका माइकल भान लिगेन २५ र जेरार्ड इरास्मस एक रनमा क्रिजमा छन् ।

तीव्र गतिका बलर सोमपाल कामीले चोभार एण्डबाट बलिङ गर्दै तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरे । त्यसअघि सोमपालले इनिङको पहिलो बलनै नो फ्याँलेका थिए । १३ बल खेल्दै उनले एक चौका प्रहार गरेका थिए ।

नेपालले ओडिआईमा नामिबियालाई पहिलो पटक हराउन चाहन्छ । नेपालले चार ओडिआई खेल खेल्दा नामिबियासँग तीन हार र एक खेलमा वर्षाको कारण रद्ध छ । नेपाल घरेलु मैदान, वातावरण र समर्थकको भरपूर्ण फाइदा उठाउने सोचमा हुनेछ।नामिबिया २०१६ पछि पटक नेपालमा खेल्दैछ । २०१६ मा दुबै खेलमा नामिबिया नेपालसँग पराजित भएको थियो ।

नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव १२ खेल खेल्न बाँकी छ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । नेपालले सबै खेल जित्न सके शीर्ष तीनको सम्भावना अंक गणीतिय देखिन्छ ।

शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपाल पहिलो खेलमै सानदार जितका साथ पुरै मेमोन्ट आफ्नो हातमा राख्न चाहन्छ । नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । नामिबिया नेपाल भ्रमणमा शीर्ष तीन औपचारिक रुपमा पक्का गर्ने लक्ष्यमा हुनेछ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.