default_image

3 years ago

February 14, 2023

लिंगेनको ऐतिहासिक शतकमा नेपाललाई विशाल लक्ष्य

254 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनको ऐतिहासिक शतकमा नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपाललाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भयो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेले ।

उनी नामिबियाबाट एक खेलमा ओडिआईमा सर्वाधिक रन हान्ने दोस्रो खेलाडी हुन् । नामिबियाका जेपी कोट्जेले २०१९ मा अमेरिकाविरुद्ध १ सय ३६ रनको इनिङ् खेलेका थिए । माइकलले १ सय १८ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो शतक प्रहार गरेका थिए । उनको यो लगातार दोस्रो शतक हो ।

यसअघि नेपालविरुद्ध नै डिसेम्बरमा आफ्नो करिअरको सर्वाधिक १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए । जुन नेपालविरुद्ध विपक्षी कुनैपनि ब्याटरले ओडिआईमा हानेको उच्च योगफल थियो । उनी नामिबियाबाट ओडिआईमा लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी हुन् ।

उनी बाहेक अन्य कुनैपनि नामिबियाका ब्याटरले एक भन्दा बढी ओडिआई शतक हानेका छैनन् । माइकल करण केसीको बलमा डिप मिडविकेटमाथि छक्का हान्ने धुनमा ४७ औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए ।
कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रनमा क्याच आउट भए ।

तेस्रो विकेटका लागि जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुगेको हो । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा जेरार्डलाई सन्दीपबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेका थिए ।

माइकलले ब्यक्तिगत ५६ रनमा जीवनदान पाएका थिए । स्पिनर कुशल मल्लको २६ औं ओभरको अन्तिम बलमा रोहित पौडेलले मिडअनमा माइकलको क्याच छाडेका ५६ रनमा क्याच ड्रप गरेका थिए ।

तीव्र गतिका बलर सोमपाल कामीले चोभार एण्डबाट बलिङ गर्दै तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरेका थिए । त्यसअघि सोमपालले इनिङको पहिलो बलनै नो फ्याँलेका थिए । स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टकलाई १३ रनमा बोल्ड आउट गर्दै पूनरागमन गरेका थिए ।

चोभार एन्डबाट आएका सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट लिँदै साझेदारी तोडेका थिए । सन्दीपले बलात्कार आरोप लागेपछि गत भदौपछि नेपाली टोलीमा पूनरागमन गरेका हुन् ।

जान निकोल लोफ्टी ८ र ज्यान फ्रिलिंक १३ रनमा आउट भए । जेन ग्रिनले १९ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए । करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.