default_image

3 years ago

February 14, 2023

रोहित बने ओडिआईमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी

217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओडिआई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खलाडी बनेका छन् । रोहितले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध ५५ रन बनाउँदै एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

रोहितले ओडिआईमा ३३ खेलमा १ हजार रन पूरा गरेका हुन् । रोहितपछि ज्ञानेन्द्र मल्लले ओडिआईमा २७ खेलमा ६ अर्धशतकसहित ७ सय ३४ रन बनाएका छन् । आसिफ शेखले २४ खेलमा ५ अर्धशतकसहित ६ सय ५५ रन बनाएका छन् । आरिफ शेखले ३२ खेलमा ४ मा अर्धशतकसहित ५ सय ८२ रन बनाएका छन् ।

टि२० आईमा नेपालबाट एक हजार रन पूरा गर्ने पहिलो खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् । दीपेन्द्रले ४४ टि२० आई खेलमा १ हजार १ सय ३ रन बनाएका छन् । रोहितले माइकल भान लिंगेनलाई २६ औं ओभरको पहिलो बलमा चौका हान्दै एक हजार रन पूरा गरेका थिए ।

रोहितले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा नेपालको लागि ओडिआई डेब्यू गरेका थिए । गत वर्ष रोहित नेपालको उपकप्तान बनेका थिए । भदौमा सन्दीप लामिछानेलाई बलात्कारको आरोप लागेपछि रोहित नेपालको कप्तान बनेका थिए ।

जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा २ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ६१ बलमा ६ चौका र २ छक्कासहित ५५ रनमा अविजित छन् । कप्तान रोहित पौडेल ५५ बलमा ६ चौका र ३ छक्कासहित ६१ रनमा अविजित छन् ।

नेपालले दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो ओभरको पाँचौं बलमा स्पिनर बेनार्ड शोल्टजले आसिफ शेखलाई शून्यमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्र मल्ल २५ रनमा जान निकोल लोेफ्टी इओटनले एलबीडब्लू आउट गरेका थिए । रोहितले २० औं ओभरको अन्तिम बलमा ब्यक्तिगत २७ रनमा जीवनदान पाएका थिए । नामिबियाका फिल्डरले कभरमा क्याच छोड्न पुगेका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भएको थियो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।

तेस्रो विकेटका लागि जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुगेको हो । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा जेरार्डलाई सन्दीपबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेका थिए । करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.