default_image

3 years ago

February 14, 2023

नेपालको ऐतिहासिक जितमा बनेका ८ कीर्तिमान

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित हात पारेको छ।

जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । जुन नेपालले ओडिआईमा पूरा गरेको उच्च योगफल हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनको सानदार शतकीय इनिङ खेले ।

कप्तान रोहित पौडेल ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । नामिबियाका रुबेन ट्रम्पलम्यान र जेन निकोलले ३-३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भएको थियो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् ।

करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । नेपालले आफ्नो ओडिआई इतिहासकै उच्च योगफल पूरा गर्दा टियु मैदानमा कीर्तिमानको बर्षा भएका छन् । नेपाल र नामिबिया खेलमा बनेका प्रमुख ८ कीर्तिमान यस प्रकार छन्।

८.नेपालविरुद्ध लगातार दोस्रो शतक

माइकल नेपालविरुद्ध लगातार दोस्रो शतक हान्ने पहिलो विदेशी खेलाडी हुन् । उनले गत डिसेम्बरमा नेपालविरुद्ध १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए । उनको ओडिआई करिअरको पनि दोस्रो लगातार शतक थियो ।

७.नेपालविरुद्ध विपक्षी ब्याटरको उच्च प्रदर्शन

माइकलले नेपालविरुद्ध १ सय ३३ रनको इनिङ खेले । ओडिआई इतिहासमा नेपालविरुद्ध विपक्षी ब्याटरले बनाएको यो उच्च योगफल थियो । यसअघि माइकलले नै गत डिसेम्बरमा घरेलु मैदानमा १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए ।

माइकल अघि नेपालविरुद्ध २०२२ मा अमेरिकाका स्टिभ टेलरले १ सय १४, ओमानका जिशान मकसुदले १ सय ४ रन अविजित, अकिब इलायसले २०२० मा १ सय ९ रन अविजित, २०२१ मा जतिन्दर सिंहले १ सय ७ र मोनांक पटेलले १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

६.रोहितको कीर्तिमानी एक हजार रन

नेपाललाई सानदार जित दिलाउन कप्तान रोहित पौडेलले ७२ रनको इनिङ खेले । सुरुवाती ५५ रनसँगै रोहित ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने ।

२०१८ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका रोहितले ३३ खेलमा ६ अर्धशतकसहित कुल १ हजार १७ रन बनाएका छन् । रोहितपछि नेपालबाट ओडिआईमा सर्वाधिक रन खेलाडी ज्ञानेन्द्र मल्ल हुन् । ज्ञानेन्द्रले २७ खेलमा ६ अर्धशतकसहित ७ सय ३४ रन बनाएका छन् ।

५.करणको कीर्तिमानी पाँच विकेट

फेब्रुअरी १४ अर्थात करण केसी डे । भ्यालेन्टाइन ब्वाइ करण केसीले पुन सानदार प्रदर्शन गरे । करण नेपालबाट ओडिआई क्रिकेटमा तीन पटक पाँचमाथि विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

करणले गतवर्ष ओमानविरुद्ध समान पाँच विकेट लिएका थिए । नेपालबाट ओडिआईमा करणपछि सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक पटक पाँच विकेट लिएका छन् ।

सन्दीपले २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए । सोमपाल कामीले २०१९ मा युएईविरुद्ध पाँच विकेट लिँदै यस सफलता हात पार्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

४. कुशलको कीर्तिमानी शतक

कुशल भुर्तेल ओपनिङ ब्याटिङ गर्दै ओडिआईमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । ओडिआईमा यो नेपालको चौथो शतक हो । पारस खड्काले २०१९ मा युएईविरुद्ध १ सय ९ बलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

गतवर्ष पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा रोहित पौडेलले पहिलो खेलमा १ ससय २६ रन र दोस्रो खेलमा दीपेन्द्रले १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।

पारसले तेस्रो, दीपेन्द्रले चौथो र रोहितले पाँचौं नम्बरमा ब्याटिङ गर्दै शतक हानेका थिए । कुशलअघि ओपनरको रुपमा उच्च प्रदर्शन आसिफ शेखको नाममा थियो । आसिफले २०२१ मा ओमानविरुद्ध ९० रन जोडेका थिए ।

३. उच्च साझेदारी

नेपाललाई जिताउन तेस्रो विकेटका लागि कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालबाट बनेको कुनैपनि विकेटको लागि उच्च साझेदारी थियो ।

यसअघि ओडिआईमा नेपालबाट उच्च साझेदारी गतवर्ष पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १ सय २९ रन थियो ।

२.ओडिआईमा नेपालको उच्च योगफल

नेपालले उक्त विजयी लक्ष्य पछ्याउनेक्रममा ८ विकेट गुमाउदै २ सय ८७ रन बनायो । जुन ओडिआईमा नेपालले बनाएको उच्च योगफल हो । यसअघि नेपालको ओडिआईमा उच्च योगफल २ सय ८६ रन थियो । उक्त योगफल नेपालले गतवर्ष टियु मैदानमै पपुवा न्युगिनीविरुद्ध २ सय ९३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा थियो ।

१.सर्वाधिक ठूलो लक्ष्य पूरा

नेपालले ओडिआईमा पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले २०१९ मा युएईविरुद्ध तेस्रो ओडिआई खेलमा २ सय ५५ रनको विजयी लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा पारस खड्काले शतक हानेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.