default_image

3 years ago

February 14, 2023

शतकपछि कुशलले भने, ‘मलाई ओपनिङ गर्न नै सहज लाग्छ’

261 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले आफूलाई ओपनिङ गर्ननै सहज लाग्ने बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा मंगलबार नामिबियाविरुद्ध कीर्तिमानी शतक हानेपछि कुशलले उक्त प्रतिक्रिया दिएका हुन् ।

कुशलको शतकको सहयोगमा २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । कुशलले १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनको सानदार शतकीय इनिङ खेले । कुशलको यो ओडिआई करिअरको पहिलो शतक हो । नेपालबाट ओडिआईमा शतक हान्ने चौथो र ओपनरको रुपमा पहिलो ब्याटर हुन् ।

नेपालले पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि ओडिआईमा पूरा गरेको सर्वाधिक उच्च योगफल २०१९ मा युएईविरुद्ध तेस्रो खेलमा २ सय ५५ रनको विजयी लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

‘ओडिआईमा पहिलो शतक हान्दा खुशी नै छु । समग्रमा टिमले राम्रो लक्ष्य पूरा गरेको छ । अन्तिम १२ खेलमा हामीले के के गर्ने जुन सोचेका थियौं त्यो आज पूरा भएको छ । आफ्नो भन्दापनि टिमले राम्रो गर्दा खुशी छु’, जितपछि कुशलले भने ।

कुशल भुर्तेललाई नेपालले गत भदौंमा केन्या भ्रमणको समयमा टोलीबाट बाहिर राखेको थियो । त्यसपछि नेपाली टोलीमा पूनरागमन गर्दै कुशलले युएईसँगको तीन ओडिआई खेलको सिरिजमा गत नोभेम्बरमा तल्लोक्रममा खेल्नु परेको थियो ।

तत्कालिन प्रशिक्षक मनोज प्रभाकरले कुशललाई तल्लोक्रममा खेलाएका थिए । जुन निर्णय चौतर्फी आलोचना भएको थियो । नामिबिया भ्रमणमा पनि नेपालले कुशललाई तल्लोक्रममा नै खेलाएको थियो । जसको कारण ब्याटिङ भद्रगोलसँगै नेपालले खराब प्रदर्शन गरेको थियो ।

तर पछिल्लो दुई वर्षदेखि ओपनिङ गर्दै आएका कुशलले फिनिसर भूमिकामा राम्रो गर्न सकेका थिएनन् । ओपनिङमा भने सानदार प्रदर्शन गर्दै कीर्तिमानै बनाए । कुलशले २०२१ मा टियु मैदानमा नेदरल्यान्ड्सँग टि२० आईमा डेब्यू गरेका थिए ।

मलेसिया र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक ओडिआई सिरिजमा डेब्यूको सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए । कुशल डेब्यूको सुरुवाती तीन खेलमा लगातार अर्धशतक हान्ने विश्वकै पहिलो खेलाडी हुन् । नेपालबाट ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो खेलाडी बने । कुशल ओपनर भूमिकामा आत्माविश्वास मिलेको बताउँछन् ।

‘अगाडि देखिनै मैले ओपनिङ गर्छु भन्ने थाहा थियो । प्रशिक्षकले एउटा भूमिका दिनु भएको थियो । मलाई ओपनिङ गर्न नै सजिलो लाग्छ । ओपनिङ खेलेर नै स्कोर गर्दा खुशीनै लाग्छ’, उनले भने । नेपालले जितको लागि २ सय ८६ रन बनाउनु पर्ने हुन्छ । यसअघिको ब्याटिङ हेर्दा सुरुवातमा कठिन देखिएको थियो । तर कुशल र रोहित मिलेर जित पक्का गराए । प्रशिक्षकले योजना दिए अनुसार खेलेको बताउँछन् ।

‘यस्तो थियो, प्रशिक्षकले योजना दिनु भएको थियो । टियुमा दोस्रो इनिङमा ब्याटिङ गर्न सहज हुन्छ भन्ने थाहा थियो । एक दुईवटा राम्रो साझेदारीले खेल राम्रो हुन्छ भन्ने थाहा थियो । रोहित र मेरो साझेदारीले खेल लग्यो’, कुशलले भने ।

मुख्य प्रशिक्षकको रुपमा मोन्टी देशाई आएको तीन हप्ता भएको छ । मोन्टीको आगमनसँगै नेपाली टोलीको मनोबल फेरिएको छ ।

‘सबै खेलाडी सकरात्मक देखिन्छन् । टिममा सबै सकरात्मक छन् । एक अर्कालाई साथ दिएका छन् । सन्दीपपनि धेरै पछि आयो । उसलाई पनि साथ दिएको छ । प्रशिक्षकले नकरात्मक कुरा गर्दैगर्नुहुन्न । खेल जितेपनि हारेपनि सबैलाई साथ दिनुभएको छ । त्यहिँ हो’, प्रशिक्षक बारे कुशलले भने ।

‘त्यस्तो मैले धेरै सोचेको थिएन । मेरो हातमा कडा मिहिनेत छ भने त्यो देखिन्छ भन्ने थियो । टिममा तलमाथि हुनु कहिले काहिँ आउँछ । मैले आफ्नो काम सोचेको थिए’, उनले भने ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भएको थियो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् ।

उनको यो करिअर र नेपालविरुद्ध लगातार दोस्रो शतक थियो । करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । नेपालले अव दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ । शनिबार नामिबिया र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.