default_image

1 year ago

February 15, 2023

‘कुशलको शतक असाधरण’– कप्तान रोहित

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध कुशल भुर्तेलको शतक असाधरण भएको बताएका छन् । नामिबियामाथि ऐतिहासिक जितपछि बोल्दै कप्तान रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।

जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । जुन नेपालले ओडिआईमा पूरा गरेको उच्च योगफल हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनको सानदार शतकीय इनिङ खेले ।

नेपालबाट ओडिआईमा शतक हान्ने चौथो र पहिलो ओपनर हुन् । कप्तान रोहित पौडेल ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । नेपालले पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि ओडिआईमा पूरा गरेको सर्वाधिक उच्च योगफल २०१९ मा युएईविरुद्ध तेस्रो खेलमा २ सय ५५ रनको विजयी लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । ओडिआईमा नेपालले पहिलो पटक नामिबियालाई हराएको थियो ।

‘आज इतिहास बनेको छ । यसअघि २ सय ८६ रन पूरा भएको थिएन । पहिलो पटक पूरा हुँदा सबैजना खुशी छौं’, जितपछि रोहितले भने । ‘मलाई लाग्छ वहाँदेखि अव यो मोमेन्ट अगाडि बढाउनुपर्छ । पहिलो खेलमा २ सय ८६ रन पूरा गर्नु भनेको अर्को खेलको लागि फाइदा हो । हामी त्यसै अनुसार खेल्छौं’, उनले भने ।

मुख्य प्रशिक्षक मोन्टी देशाई नेपाल आएको तीन हप्ता भएको छ । मोेन्टीले सुरुवातमै ब्याटिङ परिवर्तनको सम्भावना देखाएका छन् । मोन्टीले स्वतन्त्र रुपमा खेल्न सुझाव दिएको रोहित बताउँछन् ।

सरले हामीलाई स्वतन्त्र भएर खेल्न भन्नुहुन्छ । पहिलो इनिङपछि वहाँले कोहिपनि चिन्तित नहुनु । हामीले यो लक्ष्य पूरा गछौं भन्नु भएको थियो । अभ्यासमा पनि स्वतन्त्र रुपमा खेल्न दिनु भएको थियो । त्यसको नतिजा हो’, रोहितले भने ।

सुरुवाती ५५ रन बनाउँदा रोहित ओडिआईमा एक हजार रन बनाउने पहिलो ब्याटर नेपाली ब्याटर बनेका थिए । ‘यो कीर्तिमान बनाउँदा एकदमै खुशी छु । ब्याटिङ गर्दा एकदमै आत्माविश्वास अनुभव गरेको छु । पूरा प्रतियोगितामा त्यसलाई निरन्तरता दिन चाहन्छु । मेरो मानसिकता सोच त्यहिँ नै हो’, उनले भने । त्यसै रोहितले एक हजार रन बनाउनु गर्वको कुरा भएको बताए ।

करिअरको अन्तिम सम्म कति रन बनाउने लक्ष्य बनाएको छु । तर अहिले वहाँ भन्न मिल्दैन’, रोहितले हाँस्दै भने । २ सय ८६ रन विजयी लक्ष्य पूरा गर्नु नेपालको लागि कुनै सामान्य कुरा भने होईन । तर नेपालले टियुमा मंगलबार सानदार ब्याटिङ गर्दै पूरा गर्यो ।

गत नोभेम्बरमा प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामाको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले पुलिसले दिएको ३ सय ५ रनको विजयी लक्ष्य ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका रोहितले उक्त लक्ष्य पूरा गर्नेक्रममा ८९ रन बनाएका थिए । त्यो खेलको कारण लक्ष्य पूरा गर्नेमा विश्वास रहेको रोहित बताउँछन् ।

‘ठ्याक्कै इनिङ सकिएपछि मैले के भनेको थिए भने आर्मी र पुलिसको खेलमा ३ सय ५ रन पूरा गरेका थियौं हामीले । मैले त्यहिँ कुरा भनेको थिए । हामीले त्यतिबेला पूरा गर्न सकेका थियौं भने आजपनि सक्छौं भनेको थिए । त्यहिँ अनुसार पुरा गछौं भनेर कुरा भएको थियो’, उनले भने ।

नेपाललाई जिताउन तेस्रो विकेटको लागि कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको कीर्तिमानी साझेदारी गरेका थिए । जुन नेपालबाट ओडिआईमा बनेको उच्च साझेदारी थियो । ‘त्यति बेला मोमेन्टम लिएर जानुपर्ने थियो । त्यहिँ समयमा स्पिनर आएपछि मलाई सहज भयो । मैले मौका लिन्छु भनेर कुशलदाईले भने । कतिबेला जोखिम, सिंगल र डबल ल्याउने साझेदारीको समयमा कुरा भएको थियो । आज सबै कुरा हाम्रो क्लिक भयो’, कुशलसँगको साझेदारी बारे रोहितले भने ।

‘कुशलको शतक असाधरण (एक्ससेप्सनल) थियो । शतक हानेर पनि जिम्मेवारीरुपमा खेलि राख्नु भएको थियो । कुशलदाईले जुन हिसाबले मिहिनेत गर्नु भएको छ । मैले त पछिल्लो चार पाँच वर्षदेखि हेर्दै आएको छु । एकदमै मिहिनेत गर्नु भएको छ । त्यसैकै नतिजा हो । आज एकदमै राम्रो खेल्नु भयो’, कुशलको शतकबारे उनले भने ।

नेपाली भ्यालेन्टाइम ब्वाइ करण केसीले आज पनि राम्रो प्रदर्शन गरे । नामिबियालाई २ सय ८५ रनमा अल आउट गर्न करणले १० ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ५ विकेट लिए । ओडिआईमा तीन पटक पाँच विकेट लिने करण नेपाली क्रिकेटका पहिलो खेलाडी हुन् । करणले ब्याटिङमा १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । फेब्रुअरी १४ मा करणले पुन सानदार प्रदर्शन गरे ।

रोहितले फेब्रुअरी १४ लाई करण केसी दिवसको अवसरमा मनाउँदा हुने बताए । ‘फेब्रुअरी १४ लाई करण केसी दिवस मनाउनु पर्छ । एकदमै राम्रो गर्नु भयो । अव देखि फेब्रुअरी १४ मा सबै खेल गराउनु पर्छ’, हाँस्दै ठ्याट्यौली पारामा रोहितले जवाफ दिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भएको थियो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् ।

करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । नेपालले अव दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ । शनिबार नामिबिया र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.