default_image

3 years ago

February 15, 2023

स्कटल्यान्डलाई नामिबियाको सामान्य लक्ष्य

379 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डलाई १ सय ५४ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ३९.२ ओभरमा १ सय ५३ रनमा अल आउट भयो ।

नामिबियाका ओपनर लो ह्यान्डरे लरेन्सले ८८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रन बनाए । लगातार किकेट गएपनि उनी एउटा एन्डबाट रन बनाएका थिए । लरेन्स शफ्यान शरिफको ३३ औं ओभरको अन्तिम बलमा सट लेगमा काइल कोट्जरबाट क्याच आउट भएका थिए ।

स्पिनर मार्क वाट्ले ओपनर कार्ल ब्रिकेनस्टकलाई छैटौं ओभरको दोस्रो बलमा ४ रनमा विकेटकिपर म्याथ्यु क्रसबाट क्याच गराए । तीव्र गतिका बलर शफ्यान शरिफले ११ औं ओभरको पाँचौं बलमा माइकल भान लिंगेनलाई ४ रनमा बोल्ड गरे । लिंगेनले नेपालविरुद्ध १ सय ३३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

लगत्तै अर्को बलमा कप्तान जेरार्ड इरास्मस गोल्ड्न डक एलबीडब्लू आउट भए । १३ औं ओभरको पहिलो बलमा ह्याट्रिक बलमा शरिफले नो बल फ्याँदै चौका खर्चिएका थिए । लगत्तै अर्को बलमा बोल्ड गरेपनि त्यो नो बल हुँदा फ्रिट थियो ।

मार्क वाट्ले जेन निकोललाई शून्यमा बोल्ड गरेपछि नामिबिया ११.४ ओभरमा ३०–४ को दयनीय अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि शरिफ र जेन ग्रीनले ४९ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । सातौं विकेटका लागि लरेन्स र पिक्की या फ्रान्सले १६ रनको साझेदारी गरेका थिए ।

बेनार्ड स्कोल्ज ३९ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा आउट भए । स्कटल्यान्ड माइकल लिस्कले ८.२ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । शफ्यान शरिफले ८ ओभरमा २ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । मार्क वाट्ले ९ ओभरमा १ मेडनसहित ३० रन खर्चेर ३ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.