3 years ago
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर जर्ज मुन्शेको विष्फोटक शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । सात देश सम्मिलित आइसिसी विश्वकप लिग–२ को च्याम्पियन बनेको हो ।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २२.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको ओडिआई इतिहासमा १० विकेटको जित हात पहिलो पटक भएको हो । यसअघि ओडिआईमा विकेटको रुपमा सर्वाधिक ठूलो जित ८ विकेटको नेपाल र आयरल्यान्डविरुद्ध थियो ।
स्कटल्याण्डको जितमा जर्ज मुन्शेले ६१ बलमा १२ चौका र ७ छक्कासहित १ सय ३ रनको विष्फोटक शतकीय अविजित इनिङ खेले । मुन्शेले जितको लागि एक रन चाहिँदा चौका हान्दै शतक पूरा गरेका थिए । उनलाई शतकको लागि एक रन नै चाहिँएको थियो । उनको ओडिआई करिअरको पहिलो शतक हो । काइल कोट्जर ७२ बलमा ७ चौकासहित ४६ रनमा अविजित रहे ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया ३९.२ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । नामिबियाका ओपनर लो ह्यान्डरे लरेन्सले ८८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रन बनाए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लगातार किकेट गएपनि उनी एउटा एन्डबाट रन बनाएका थिए । लरेन्स शफ्यान शरिफको ३३ औं ओभरको अन्तिम बलमा सट लेगमा काइल कोट्जरबाट क्याच आउट भएका थिए ।
स्पिनर मार्क वाट्ले ओपनर कार्ल ब्रिकेनस्टकलाई छैटौं ओभरको दोस्रो बलमा ४ रनमा विकेटकिपर म्याथ्यु क्रसबाट क्याच गराए । तीव्र गतिका बलर शफ्यान शरिफले ११ औं ओभरको पाँचौं बलमा माइकल भान लिंगेनलाई ४ रनमा बोल्ड गरेका थिए । लिंगेनले नेपालविरुद्ध १ सय ३३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
लगत्तै अर्को बलमा कप्तान जेरार्ड इरास्मस गोल्ड्न डक एलबीडब्लू आउट भए । १३ औं ओभरको पहिलो बलमा ह्याट्रिक बलमा शरिफले नो बल फ्याँदै चौका खर्चिएका थिए । लगत्तै अर्को बलमा बोल्ड गरेपनि त्यो नो बल हुँदा फ्रिट थियो ।
मार्क वाट्ले जेन निकोललाई शून्यमा बोल्ड गरेपछि नामिबिया ११.४ ओभरमा ३०–४ को दयनीय अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि शरिफ र जेन ग्रीनले ४९ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । सातौं विकेटका लागि लरेन्स र पिक्की या फ्रान्सले १६ रनको साझेदारी गरेका थिए ।

बेनार्ड स्कोल्ज ३९ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा आउट भए । स्कटल्यान्ड माइकल लिस्कले ८.२ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । शफ्यान शरिफले ८ ओभरमा २ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । मार्क वाट्ले ९ ओभरमा १ मेडनसहित ३० रन खर्चेर ३ विकेट लिए ।
स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्डले बाँकी तीन खेल हार्दा र अन्य खेल्न बाँकी टोलीले सबै खेल जित्दा पनि ४८ अंकका पुग्न सक्दैनन् ।
त्यसैले औपचारिक रुपमा च्याम्पियन बनेको छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्यान्डले शुक्रबार नेपालसँग खेल्नेछ । नेपाल भने २५ खेलमा ९ मा जित र १४ मा हारका साथ २० अंक जोड्दै छैटौं स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]