7 months ago
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको उपाधि स्कटल्यान्डले जितेको छ । २०१९ देखि सुरु भएको विश्वकप लिग-२ यसै वर्ष भारतमा हुने विश्वकपको लागि छनोट यात्रा हो । आइसीसीले एकदिवसीय लिगको दोस्रो श्रेणी मानेको ७ देश सम्मिलित यस सिरिजमा एक टोलीले कुल ३६ खेल खेल्नेछन् । शीर्ष तीन टोली सोझै विश्वकप छनोट […]
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको उपाधि स्कटल्यान्डले जितेको छ । २०१९ देखि सुरु भएको विश्वकप लिग-२ यसै वर्ष भारतमा हुने विश्वकपको लागि छनोट यात्रा हो ।
आइसीसीले एकदिवसीय लिगको दोस्रो श्रेणी मानेको ७ देश सम्मिलित यस सिरिजमा एक टोलीले कुल ३६ खेल खेल्नेछन् । शीर्ष तीन टोली सोझै विश्वकप छनोट खेल्न पाउने छन् । बाँकी चार टोलीले पनि ग्लोबल छनोट खेल्न पाउँछन् । तर ती चार टोलीले प्लेअफ हुँदै खेल्नुपर्ने हुन्छ ।
स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्डले अब नेपालसँग दुई र नामिबियासँग एक गरि कुल तीन खेल खेल्न बाँकी छ । बाँकी सबै खेलमा पराजित भएपनि स्कटल्यान्ड शीर्षस्थानमा रहनेछ । उसलाई अब कुनैपनि टोलीले पछि पार्न सक्दैनन् ।
लिग-२ मा नेपालले ११, युएईले १०, नामिबियाले चार र पपुवा न्युगिनीले ८ खेल खेल्न बाँकी छ । यी कुनैपनि टोली अब ४८ अंकमा पुग्न सक्दैनन् । त्यसैले स्कटल्यान्ड तीन खेल अगावै च्याम्पियन बनेको हो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष तीनमा ओमान पर्ने लगभग पक्कापक्की छ ।
नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । नामिबियाले अब नेपाल र स्कटल्यान्डसँग एक एक तथा युएईसँग दुई खेल खेल्न बाँकी छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
युएईले अव नेपाल र पपुवा न्युगिनीसँग चार चार तथा नामिबियासँग दुई खेल खेल्न बाँकी छ । नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ ।
नेपाल शीर्ष तीनमा पर्न सक्छ ?
नेपालले अब ११ खेल खेल्न बाँकी छ । सबै खेल जित्दा नेपालको ४२ अंक हुन्छ । ४२ अंकमा समीकरण हेर्दा नेपाल शीर्ष तीनमा पर्न सक्छ । युएईले नेपालसँगै चार खेल नै हार्दा त्यसको ६ खेल बाँकी हुनेछन् । युएईले नेपालसँग बाहेक अन्य ६ खेलमा सबैमा जित हात पार्दा ३९ अंक मात्रै हुन्छ ।
यता नामिबिया अब नेपाल र स्कटल्यान्ड दुवैसँग हारेको खण्डमा झन् सहज हुनेछ । उता युएईसँग पनि दुवै खेल हार्दा ३७ अंकमै रोकिनेछ । अथवा चार मध्य दुई खेल हार्दा ४१ अंकमा रोकिन्छ । नेपालले सबै खेल जित्न सके शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न सक्छ । त्यसको लागि आफ्नो जितसँगै नामिबियाले कम्तीमा दुई खेल हार्नुपर्छ ।
नेपालले एक खेल हार्दा ४० र दुई खेल हार्दा ३८ अंक हुन्छ । जसले शीर्ष तीनमा पर्न पर्याप्त हुँदैन ।
शीर्ष तीनमा नपरे के हुन्छ ?
नेपाल शीर्ष तीनमा पर्न नसके विश्वकप यात्राबाट भने बाहिरिदैन । विश्वकप लिग२ का बाँकी पुछारका चार टोलीले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । पपुवा न्युगिनीले क्वालिफायर खेल्ने पक्का भएको छ ।
क्वालिफायर प्लेअफमा विश्वकप सुपर लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिग ए र बी का विजेता क्यानडा र जर्सी गरि कुल ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टोलीले विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछन् ।
अब कहिले छ नेपालको खेल ?
नेपालले अब शुक्रबार स्कटल्यान्ड, शनिबार नामिबिया र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि नेपाल युएई भ्रमणमा जानेछ । नेपालले खेल्नुपर्ने सिरिज पपुवा न्यूगिनीमा थियो । तर त्यहाँ खेल्ने राम्रो मैदान नभएपछि युएईमा सारिएको छ ।
युएईमा नेपालले २७ फेब्रुअरीमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च दुईमा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । मार्च ६ मा युएईसँगको खेल नै लिग २ को नेपालको अन्तिम विदेश खेल हुनेछ ।
त्यसपछि नेपालले घरेलु मैदान टियुमा खेल खेल्नेछ । टियुमा नेपालले मार्च ९ मा पपुवा न्युगिनी, मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्नेछ ।
यो खेलबाट नेपालको भविष्य निर्धारण हुनेछ । आइसिसीले आधिकारीक रुपमा ओडिआई मान्यता बारे भनेको छैन । तर शीर्ष पाँचमा पर्ने टोलीले सोझैं ओडिआई मान्यता पाउने चर्चा छ । नेपाल शीर्ष पाँचमा पर्न कम्तिमा ११ मध्य ८ खेल जित्नुपर्ने हुन्छ ।
को को खेल्छन् ग्लोबल छनोटमा ?
ग्लोबल छनोटमा १० टोली हुनेछन् । त्यसबाट शीर्ष दुई टोलीले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । विश्वकप सुपर लिगबाट शीर्ष तीन र प्लेअफ क्वालिफायरबाट दुई गरि पाँच टोली हुनेछन् । बाँकी पाँच टोली भने सुपर लिगबाट आउने छन् । सुपर लिगमा टेस्ट १२ टोली र नेदरल्यान्ड्स छन् ।
छनोटको सबैभन्दा माथिल्लो श्रेणीको रुपमा रहेको विश्वकप सुपर लिगमा १२ टेस्ट टोलीसँगै नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरिरहेका छन् । आयोजक भारतसँगै इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, अफगानिस्तान र पाकिस्तानले अंक तालिकामा बलियो प्रस्तुतिका साथ विश्वकपमा सोझै स्थान बनाएका छन् ।
आइसिसी सुपर लिगमा हरेक टोलीले कुल २४ खेल खेल्नुपर्ने छ । जसबाट आयोजक भारतसँगै शीर्ष ८ टोली सोझै विश्वकपमा पुग्नेछन् । पुछारका पाँच टोलीले ग्लोबल विश्वकप छनोट खेल्नुपर्ने हुन्छ । वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ । दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १० मा हारसहित ७८ अंकका साथ नवौं स्थानमा छ । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग दुई खेल खेल्न बाँकी छ ।
श्रीलंका २१ खेलमा ७ मा जित र १२ मा हारसहित ७७ अंकका साथ १० औं स्थानमा छ । श्रीलंकाले न्युजिल्यान्डसँग तीन खेल खेल्नेछ । आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारका साथ ६८ अंकका साथ ११ औं स्थानमा छ । जिम्बावे २१ खेलमा ४ मा जित र १६ मा हारसहित ४५ अंकका साथ १२ औं स्थानमा छ । नेदरल्यान्ड्स १९ खेलमा २ मा जित र १६ मा हारकासाथ २५ अंक जोड्दै १३ औं स्थानमा छ ।
जिम्बावे र नेदरल्यान्ड्सले क्वालिफायर खेल्ने पक्का भएको छ । वेस्टइन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्ड मध्य तीन टोलीले ग्लोबल छनोट खेल्नेछन् । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग खेल्न बाँकी हुँदा पुछारमा रहँदै ग्लोबल छनोट खेल्ने पाँच टोलीमा वेस्टइन्डिज, श्रीलंका, आयरल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स देखिन्छन् ।
September 22, 2023
एजेन्सी – कप्तान लोकेश राहुलसँगै चार ब्याटरको अर्धशतक र मोहम्मद शामीको पाँच विकेटको सहयोगमा भारतले पहिलो ओडिआई खेलमा अष्ट्रेलियालाई पाँच विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि २ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतको […]
September 22, 2023
एजेन्सी – नेपाल २०२४ को जनवरीमा हुने यू१९ विश्वकपमा न्युजिल्यान्ड र पाकिस्तानसहित कुल तीन टेस्ट टोलीसँगै परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यू१९ विश्वकपको समूह र खेल तालिका सार्वजनिक गरेको छ । यु१९ विश्वकप २०२४ जनवरी १३ देखी ४ फेब्रुअरी सम्म श्रीलंका चल्नेछ । नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड समूह डी मा छन् […]
September 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रतिनिधि विवादसँगै झापा जिल्ला क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनावमा भोट हाल्न नपाउने भएको छ । दुई प्रतिनिधि आएपछि मतअधिकार नै खारेज भएको क्यानका केन्द्रिय सदस्य छुम्बी लामाले जानकारी दिएका छन् । झापाबाट क्यानको साधरण सभा तथा अधिवेशनमा लाम्पा लामा र मनोज कटवाल प्रतिनिधिको रुपमा आएका थिए । […]