3 years ago
February 15, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टेस्ट वरियतामा भारतको शीर्ष स्थान पाँच घण्टामै गुम्न पुगेको छ । बुधबार दिउँसो १ : ४५ मा आइसिसीले भारतलाई टेस्ट वरियतामा शीर्ष स्थानमा राखेको थियो । बेलुका ७ : १५ मा भारत पुन दोस्रो स्थानमा झरेको थियो ।

आइसिसीको वर्तमान वरियता अनुसार अष्ट्रेलिया २९ खेलमा १ सय २६ अंक रेटिङ अंकका साथ शीर्ष स्थानमा छ । भारत ३२ खेलमा १ सय १५ रेटिङ अंकका साथ दोस्रो स्थानमा छ । तर दिउँसो भारत शीर्ष र अष्ट्रेलिया दोस्रो स्थानमा थिए । भारतले पहिलो टेस्ट खेलमा १ सय ३२ रनको इनिङ अन्तरले विजयी भएको थियो ।
साँझ भारत पुन दोस्रो स्थानमा झरेको छ । आइसिसीको साइटमा प्राविधिक समस्याको कारण भारत शीर्ष स्थानमा पुगेको बुझिएको छ । आइसिसीको साइटमा प्राविधिक समस्या आएपछि भारत शीर्षस्थानमा पुगेको अपडेट सार्वजनिक भएको थियो । त्यसलाई आइसिसीले सुधार गर्दै अष्ट्रेलियालाई नै शीर्ष स्थानमा राखेको छ ।
टेस्ट वरियतामा इंग्ल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र न्युजिल्यान्ड पाँचौं नम्बरमा छन् । ओडिआई र टि२० आईमा भने भारत नै शीर्ष स्थानमा छ । ओडिआईमा अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छन् । टि२० आईमा भारत शीर्ष, इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् ।
नेपाल भने टि२० आईमा १६ औं र ओडिआईमा १९ औं स्थानमा छ । भारत र अष्ट्रेलियाबीचको चार टेस्ट अन्तर्गत दोस्रो खेल शुक्रबारदेखि दिल्लीमा सुरुहुनेछ । तेस्रो टेस्ट मार्च १ र चौथो मार्च ९ मा सुरुहुनेछन् ।
आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल खेल्न भारतलाई दुई खेल जित आवश्यक छ । अष्ट्रेलियालाई औपचारिक रुपमा फाइनलमा पुग्न एक जित आवश्यक छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]