3 years ago
February 16, 2023
एजेन्सी – इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध सानदार ब्याटिङ गरेको छ । विश्व क्रिकेटमै फरक रुपमा प्रस्तुत हुँदै टेस्ट क्रिकेटमा आक्रामक ब्याटिङ गर्दै आएको इंग्ल्यान्डले पहिलो दिननै २ सय ८८ रनको अग्रता लिएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिन मात्रै ५८.२ ओभरमा ३२५-९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । इंग्ल्यान्डका ह्यारी ब्रुकले ८१ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक ८९ रन बनाए । ओपनर बेन डकेट ६८ बलमा १४ चौकासहित ८४ रनमा आउट भए ।
ओपनर ज्याक क्रली टिम साउथीको बलमा ४ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि डकेट र ओली पोपले ९९ रनको साझेदारी गरेका थिए । पोप ६५ बलमा ६ चौकासहित ४५ रनमा साउथीकै बलमा टम लाथमबाट क्याच आउट भए । जो रुट १४ र बेन स्टोक्स १९ रनमा आउट भए ।
छैटौं विकेटका लागि ह्यारी ब्रुक र बेन फोक्सले ८९ रनको साझेदारी गरेका थिए । फोक्स ५६ बलमा ५ चौकासहित ३८ रनमा आउट भए । न्युजिल्यान्डका तीव्र गतिका बलर निल वाग्ररले सर्वाधिक चार विकेट लिए । कप्तान टिम साउथी र स्कट कुग्गेलिजनले दुई दुई विकेट लिए ।
न्युजिल्यान्ड पहिलो दिनको खेल सकिँदा १८ ओभरमा ३७–३ को अवस्थामा छ । डेभन कन्वे १७ र निल वाग्रर ४ रनमा अविजित छन् । केन विलियम्सन जेम्श एन्डरसनको बलमा ६ रनमा एलबीडब्लू आउट भए । टम लाथम एक र हेनरी निकोलस ४ रनमा आउट भए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]