default_image

3 years ago

February 16, 2023

स्कटल्यान्डलाई हराउन नेपालले सुधार गर्नुपर्ने पाँच कमजोरी

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत शुक्रबार स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । दुबै टोली यस सिरिजमा लगातार दोस्रो जित हात पार्न चाहन्छन् ।

नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । नेपालले २ सय ८६ रनको लक्ष्य ८ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालले ओडिआईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले १ सय १५ रनको शतकीय इनिङ र करण केसीले पाँच विकेट लिएका थिए ।

स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्डको जितमा जर्ज मुन्शेले ६१ बलमा १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । नेपालले आफ्नो क्रिकेट इतिहासमा स्कटल्यान्डलाई एक पटक मात्रै पराजित गरेको छ । गत जुलाईमा नेपालले स्कटल्यान्डलाई उसकै भूमिका पाँच विकेटले हराएको थियो ।

स्कटल्यान्ड आइसिसी विश्वकप लिग–२ को च्याम्पियन टोली हो । नेपाल शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन संघर्ष गर्दै आएको छ । नेपालले ओडिआई मान्यता जोगाउन बाँकी ११ मध्य ८ खेल जित्नुपर्ने हुन्छ ।

तर एसोसियट क्रिकेटको सर्वाधिक बलियो टोली स्कटल्यान्डलाई हराउन सहज भने हुनेछैन । नेपालले आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । नेपालले स्कटल्यान्डलाई हराउन यी पाँच कमजोरीमा सुधार गर्नुपर्ने हुन्छ।

५.राम्रो सुरुवात र अन्त्य

कुनैपनि टोलीको सुरुवात र अन्त्यले योगफल भरपर्छ । सामान्य योगफलमा स्कटल्यान्डलाई हराउन सकिँदैन । त्यसैले विशाल अथवा बलियो योगफल तयार पार्नुपर्छ । त्यसको लागि नेपालले सुरुवात राम्रो गर्नुपर्छ । पहिलो खेलमा ओपनर कुशल भुर्तेलले राम्रो ब्याटिङ गर्दै शतक हानेका थिए । आसिफ शेख शून्यमै बोल्ड भएका थिए ।

ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भएका थिए । शीर्ष तीन ब्याटरले राम्रो सुरुवात दिलाउनु पर्छ । त्यसपछि आउने ब्याटरले थप खुलेर रन बनाउन सक्ने वातावरण तयार पार्नुपर्छ । मध्यक्रममा ब्याटर दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भएका थिए ।

ऐरीबाट नेपाल राम्रो प्रदर्शन चाहन्छ । दीपेन्द्रको ओडिआई प्रत्येक खेल औसत १६.८० छ । नामिबिया नेपाल राम्रो अन्त्य गर्न चुकेको थियो । नेपालले अन्तिम १० ओभरमा आक्रामक रुपमा ब्याटिङ गर्दै राम्रो योगफलमा पुग्नुपर्ने हुन्छ।

४. अर्थोड्रक्स स्पिनरको राम्रो सामना

पछिल्लो समय बायाँ हाते अर्थोड्रक्स स्पिनर नेपालका ब्याटरलाई घातक बन्दै आएका छन् । गतवर्ष टि२० विश्वकप छनोटको सेमिफाइनलमा युएईका अहमद राजा, केहि महिनाअघि ओडिआई सिरिजमा अयान खान, लिग-२ मा स्कटल्यान्डका मार्क वाट, ताहिर हम्जा, नामिबियाका बेनार्ड शोल्ट्ज र ओमानका जिशान मकसुद नेपालमाथि हाबी बन्दै आएका छन् ।

स्वलो बायाँ हाते अर्थोड्रक्स स्पिनर नेपाली ब्याटरले खुलेर खेल्न सकेका छैनन् । तर स्कटल्यान्डलाई हराउन नेपालले दुई अर्थोड्रक्स स्पिनर मार्क वाट र ताहिर हम्जाविरुद्ध राम्रो ब्याटिङ गर्नुपर्ने हुन्छ । गत जुलाईमा नेपाललाई १ सय २८ रनमा अल आउट गर्न मार्क वाटले तीन र ताहिर हम्जाले चार विकेट लिएका थिए ।

गत डिसेम्बरमा नेपाललाई १ सय ३७ रनमा अल आउट गर्न वाटले ८.१ ओभरमा १९ रन खर्चेर २ विकेट लिएका थिए । मध्यक्रममा २० ओभर यी दुई स्पिनरले गर्नेछन् । कमजोर बलमा जोखिम उठाउन सक्नुपर्छ । नेपालसँग बायाँ हाते ब्याटरमा कुशल मल्ल र गुलशन झा छन् ।

पहिलो खेलमा गुलशन झा खेलेका थिएनन् । बायाँ हाते ब्याटरले नै बायाँ हाते बलरसँग राम्रो प्रदर्शन गर्न सक्छन् । यदि नेपालले स्कटल्यान्डलाई हराउने हो भने यी दुई स्पिनरविरुद्ध राम्रो प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

३. राम्रो ब्याटिङ

स्कटल्यान्डविरुद्ध नेपालले हारेका तीन खेल नै खराब ब्याटिङ प्रमुख कारण हुन् । स्कटल्यान्डविरुद्ध हालसम्म पहिला ब्याटिङ गर्दा नेपाल क्रमशः १२८, १३७ र ११९ रनमा अल आउट भएको थियो । स्कटल्यान्डविरुद्ध नेपालले ओडिआईमा हालम्म १ सय ५० रन कटाउन सकेको छैन ।

स्कटल्यान्डलाई पाँच विकेटले हराउनेक्रममा नेपालले १ सय ४५ रनको लक्ष्य पूरा गरेको थियो । नेपालले पहिला ब्याटिङ गरेका सबै खेलमा हारेको हुँदा टस निर्णायक बन्नसक्छ । तर टस आफ्नो हातमा हुँदैन । पहिला ब्याटिङ गर्नु परेमा राम्रो ब्याटिङ गर्दै विशाल योगफल बनाउन सक्नुपर्छ। नामिबियाविरुद्धको उत्कृष्ट प्रदर्शनले नेपाली ब्याटरको मनोबल पनि उच्च छ । नेपाल स्कटल्यान्डविरुद्ध त्यस्तै प्रदर्शन चाहन्छ ।

२. तेस्रो तीव्र गतिको बलरको विकल्प

नामिबियाविरुद्ध नेपालले तीव्र गतिको बलरको रुपमा सोमपाल कामी र करण केसीलाई मैदान उतारेको थियो । यी दुई मध्य एकले खराब प्रदर्शन गर्दा नेपालसँग तेस्रो तीव्र गतिको बलर विकल्प थिएन । नामिबियाविरुद्ध सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिएका थिए ।

करण केसीले १० ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ५ विकेट लिएका थिए । स्कटल्यान्डसँग जर्ज मुन्शे, काइल कोट्जर, रिची बेरिंग्टन र म्याथु क्रस जस्ता एसोसिएट क्रिकेटका स्टार ब्याटर टोलीमा छन् । यी चार ब्याटरसँग राम्रो अनुभव पनि छ । एक खेलाडी क्रिजमा टिक्दा पनि घातक बन्न सक्छन् । तल्लोक्रममा ब्रेन्डन म्याकुमलेन, क्रिस ग्रेभ्स र माइकल लिस्क पनि राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

नेपालले तेस्रो तीव्र गतिको विकल्प खोज्न आवश्वक छ । टोलीमा गुलशन झा तेस्रो तीव्र गतिका बलरको रुपमा छन् । नेपालसँग सन्दीप लामिछाने र ललितनारायण राजवंशी प्रमुख स्पिनर हुन् । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी पार्टटाइम स्पिनर हुन् । त्यसैले नेपालले एक स्पिनरको स्थानमा तीव्र गतिका बलर टोलीमा थप्न सक्छ । नेपालले स्कटल्यान्डलाई हराउँदा सोमपाल कामी र आदिल आलमले तीन तीन तथा करण केसीले एक लिएका थिए ।

१.फिल्डिङमा सुधार

नामिबियाविरुद्ध नेपालको फिल्डिङ भने कमजोर थियो । नेपालविरुद्ध शतक प्रहार गरेका माइकल भान लिंगेलनको नेपालले दुई महत्वपूर्ण क्याच ड्रप गरेको थियो । त्यहीँ जीवनदानको फाइदा उठाउँदै विशाल योगफल तयार पारेको थियो ।

क्रिकेटमा एक विकेटले पुरै खेल मोडिनसक्छ । क्रिकेटमा जितको लागि ब्याटिङ, बलिङ, फिल्डिङदेखि सबै कुरा मिल्नुपर्ने हुन्छ । एउटा क्याच ड्रप हुँदा विपक्षी ब्याटरको मनोबल झनै बढ्न जान्छ । प्रमुख ब्याटरबाट गल्ती एक पटक मात्रै हुन्छ । त्यो गल्तीको फाइदा उठाउन नसक्दा भने ठूलो भारी पर्न सक्छ ।

क्याच छोड्न पुग्दा बलर र टोलीकै समग्र मनोबल घट्न जान्छ । एउटा क्याच वा रन आउटले पुरै खेल मोडिन सक्छ । त्यसैले नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ट फिल्डिङ गर्न आवश्यक देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.