default_image

3 years ago

February 16, 2023

च्याम्पियन स्कटल्यान्डसँग नेपालको असली परिक्षा

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत शुक्रबार स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ।

नेपाल आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डलाई हराउँदै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ। नेपालले नामिबियालाई दुई विकेटले हराउनेक्रममा २ सय ८६ रनको लक्ष्य ८ विकेट गुमाउँदै पूरा गरेको थियो ।

जुन नेपालले ओडिआईमा पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ७२, करण केसीले पाँच विकेट र सन्दीप लामिछानेले तीन विकेट लिएका थिए ।

नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । यता स्कटल्यान्ड तीन खेल अगाडीनै च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भएको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।

१ सय ५४ रनको विजयी लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो । स्कटल्यान्डको जितमा जितमा जर्ज मुन्शेले ६१ बलमा १२ चौका र ७ छक्कासहित १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

नेपाल घरेलु टोली हुँदा अतिरिक्त फाइदा हुनेछ । नेपाल घरेलु मैदान, समर्थक र वातावरणको फाइदा उठाउँदै स्कटल्यान्डलाई स्तब्ध पार्न चाहन्छ । पहिलो खेलमा नामिबियाविरुद्ध सानदार प्रदर्शन गरेको नेपालको असली परिक्षा हुनेछ ।

ज्यान फ्रिलिंक घाइते भएपछि उक्त खेलमा नामिबियालाई एक बलर अभाव बनेको थियो । जेजे स्मित र डेविड विजा नहुँदा केहि कमजोर देखिन्छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा स्कटल्यान्डलाई एक पटक मात्रै हराएको छ । गत जुलाईमा नेपालले ओडिआईमा स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो ।

नेपाली ब्याटिङको असली परिक्षा स्कटल्यान्डविरुद्ध हुन्छ । स्कटल्यान्डका तीव्र गतिका बलर शफ्यान शरिफ र ब्रेन्डन म्याकुमेलन छन् । यी दुबै बलरले उत्कृष्ट बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । यता नेपालको तीव्र गतिको बलरमा करण केसी र सोमपाल कामी छन् । करणले पहिलो खेलमा पाँच विकेट लिँदा शरिफले तीन विकेट लिएका थिए । करण र सोमपाल उत्कृष्ट बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् ।

स्कटल्यान्डसँग दुई प्रमुखसहित चार स्पिनर छन् । पार्ट टाइम माइकल लिस्कले नामिबियाविरुद्ध चार विकेट लिएका थिए । बायाँ हाते मार्क वाट र ताहिर हम्जा स्कटल्यान्डका प्रमुख स्पिनर हुन् ।

यी दुई स्पिनर नेपालमाथि लगातार घातक बन्दै आएका छन् । नेपालसँग सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् । सन्दीप, ललित, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल चार स्पिनर हुनेछन् ।

पहिलो खेलमा स्कटल्यान्डका जर्ज मुन्शे र नेपालका कुशल भुर्तेलले शतक हानेका थिए । तुलनात्मक रुपमा नेपालको भन्दा स्कटल्यान्डको शीर्षक्रम ब्याटिङ मजबुत छ । स्कटल्यान्डमा मुन्शे, काइल कोट्जर, म्याथ्यु क्रस र कप्तान रिची बेरिंग्टन छन् । यी चार खेलाडीमा राम्रो अनुभव छ । त्यो अनुभवको फाइदा उठाउन सक्छन् ।

यता नेपालको शीर्ष चार ब्याटरमा कुशल, आसिफ, ज्ञानेन्द्र मल्ल र रोहित पौडेल छन् । दुवै टोलीको ब्याटिङमा गहिराई छ । नेपालसँग मध्यक्रम र तल्लोक्रममा दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल, करण हुँदा गहिराई छ । उता स्कटल्यान्डमा माइकल लिस्क, क्रिस ग्रेभ्स र ब्रेन्डन म्याकुमेलन पनि राम्रो ब्याटिङ गर्दछन् ।

स्कटल्यान्ड वर्तमान समयको एसोसिएटको सर्वाधिक बलियो टोली हो । लिग च्याम्पियन बनि सकेको अवस्थामा विना दबाब मैदान उत्रनेछ । नेपाललाई भने हरेक खेल जित्नैपर्ने दबाब हुनेछ । स्कटल्यान्डविरुद्ध नेपालको ब्याटिङ र बलिङ दुवैको असली परिक्षा हुनेछ । स्कटल्यान्ड शीर्ष चार ब्याटरमा बढी निर्भर छ । सुरुवात राम्रो गर्दा नेपाल खेलमा हाबी हुनसक्छ । त्यसैले नेपालले स्कटल्यान्डका शीर्ष चार ब्याटरलाई चाँडै पेभेलिएनको बाटो देखाउन सके सहज जित हात पार्न सक्छ ।

टिम परिवर्तनको सम्भावना ?

स्कटल्यान्डबाट टोलीमा कुनैपनि परिवर्तनको सम्भावना देखिदैन । किनभने नामिबियालाई १ सय ५३ रनमा अल आउट गर्न बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्याटिङमा १० विकेटले जितेको थियो । त्यसैले प्रदर्शनको कारण परिवर्तनको सम्भावना देखिदैन ।

नेपालले एक परिवर्तन गर्ने सम्भावना छ । तेस्रो तीव्र गतिको बलर आवश्यक देखिन्छ । तीव्र गतिका बलर गुलशन झालाई खेलाउन एक स्पिनर बेन्चमा राख्न सक्छ । कुशल मल्ल र ललित नारायण राजवंशी मध्य एकलाई बेन्चमा राख्न सक्ने सम्भावना छ ।
ललितले ६ ओभरमा ४० रन खर्चेका थिए । कुशलले ७ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए । कुशल राम्रो ब्याटिङको क्षमता राख्छन् । उता स्कटल्यान्डसँग दुई बायाँ हाते स्पिनर हुँदा रणनीतिक हिसाबमा कुशल टोलीको लागि खेल्न सक्छन् ।

हेड टु हेड :

ओडिआईमा स्कटल्यान्ड र नेपालबीच चार खेल भएको छ । नेपाल एक र स्कटल्यान्ड तीन खेलमा विजयी भएका छन् । नेपालले जत जुलाईमा स्कटल्यान्डलाई उसकै मैदानमा पाँच विकेटले हराएको थियो । त्यो नै नेपालले स्कटल्यान्डमाथि जितेको कुनैपनि खेल थियो ।

अन्य सबै खेल र संरचनामा नेपाल पराजित हुँदै आएको छ । ओडिआईमा स्कटल्यान्डले नेपाललाई ८, ३ र ८ विकेटले हराएको थियो । स्कटल्यान्डविरुद्ध नेपालले हारेको तीनै खेल पहिला ब्याटिङ गर्दै थियो । नेपालले पछिल्लो तीन खेलमा स्कटल्यान्डविरुद्ध १२८, १३७ र ११९ रनमा अल आउट भएको थियो । त्यसैले टस निर्णायक हुनसक्छ । विहानको समयमा पहिला ब्याटिङ गर्न दुबै टोलीलाई सहज भने हुनेछैन ।

स्कटल्यान्डको टोली :

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप-कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर (विकासको लागि लिएको खेलाडी), शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.