3 years ago
February 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ ।

नेपाल आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डलाई स्तब्ध पार्दै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ। नेपालले नामिबियालाई दुई विकेट र स्कटल्यान्डले १० विकेटले पराजित गरेका थिए । नेपालले आफ्नो ओडिआई इतिहासकै सर्वाधिक २ सय ८६ रन पूरा गर्दा स्कटल्यान्डले पहिलो पटक १० विकेटले जित हात पारेको थियो । नेपालको रोहित पौडेल र स्कटल्यान्डको रिची बेरिंग्टनले कप्तानी गर्नेछन् ।
नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । यता स्कटल्यान्ड तीन खेल अगाडीनै च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भएको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।
नेपाल आफ्नो भविष्यको लागि संघर्ष गर्दा स्कटल्यान्डको लागि प्रतिष्ठाको लडाई हुनेछ । स्कटल्यान्डले नेपालसँग टियु मैदानमा पहिलो पटक प्रतिस्पर्धा गर्दै छ । पहिलो पटक नेपाल आएको स्कटल्यान्डले नेपालमा नामिबियाविरुद्ध डेब्यू गरेको थियो ।
नामिबियाविरुद्ध १ सय ५४ रनको विजयी लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो । स्कटल्यान्डको जितमा जितमा जर्ज मुन्शेले ६१ बलमा १२ चौका र ७ छक्कासहित १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । मुन्शे स्क्टल्यान्डका प्रमुख खेलाडी समेत हुन् ।

नेपाल घरेलु मैदानको भरपूर्ण फाइदा उठाउन चाहन्छ । नेपाल घरेलु मैदान, समर्थक र वातावरणको फाइदा उठाउँदै स्कटल्यान्डलाई स्तब्ध पार्न चाहन्छ । पहिलो खेलमा नामिबियाविरुद्ध सानदार प्रदर्शन गरेको नेपालको असली परिक्षा हुनेछ । स्कटल्यान्डको बलिङ र ब्याटिङ दुबै विश्वस्तरिय रहेको छ ।
नामिबियालाई हराउन ओपनर कुशल भुर्तेलले १ सय १५ र कप्तान रोहित पौडेलले ७२ रनको इनिङ खेलेका थिए । नेपाल अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबाट आजको खेलमा सानदार प्रदर्शन चाहन्छ । यी दुई खेलाडीलाई ठूलो प्रदर्शनको आवश्यक पनि देखिन्छ ।
ओपनरमा आसिफ शेख र कुशल भुर्तेलले नै हुनेछन् । पहिलो खेलमा शून्यमा आउट भएका आसिफ आजको खेलमा चल्न सक्छन् । ज्ञानेन्द्र तेस्रो र रोहित चौथो नम्बरमा हुनेछन् । त्यसपछि नेपालको ब्याटिङक्रम टोलीको आवश्यकता हेरि हुनेछ ।
दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल मध्यक्रम सम्हाल्नेछन् । करण केसी र सोमपाल कामीले तल्लोक्रमको भूमिका पाउनेछन् । नेपालले स्पिनर ललितनारायण राजवंशीलाई बेन्चमा राख्दै गुलशन झालाई खेलाउन सक्छ । स्पिनरमा सन्दीप लामिछाने हुनेछन् । नामिबियाविरुद्ध पाँच विकेट लिएका करणको मनोबल उच्च हुनेछ ।

पहिलो खेलमा स्कटल्यान्डका जर्ज मुन्शे र नेपालका कुशल भुर्तेलले शतक हानेका थिए । तुलनात्मक रुपमा नेपालको भन्दा स्कटल्यान्डको शीर्षक्रम ब्याटिङ मजबुत छ ।
स्कटल्यान्डमा मुन्शे, काइल कोट्जर, म्याथ्यु क्रस र कप्तान रिची बेरिंग्टन जस्ता एसोसियट क्रिकेटका चर्चित खेलाडी छन् । काइल कोट्जरले नेपालमा एभरेष्ट प्रिमियर लिग खेलि सकेको हुँदा अनुभव अझ बढी छ ।
स्कटल्यान्डका बायाँ हाते दुई स्वलो अर्थोडक्स स्पिनर मार्क वाट र ताहिर हम्जा नेपालविरुद्ध विगतमा हाबी हुँदै आएका छन् । यी दुई स्पिनरबाट नेपाली ब्याटर सचेत हुनुपर्छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका तीव्र गतिका बलर शफ्यान शरिफ स्कटल्यान्डका प्रमुख बलर हुन् ।
टिम परिवर्तनको सम्भावना :
स्कटल्यान्डबाट टोलीमा कुनैपनि परिवर्तनको सम्भावना देखिदैन । किनभने नामिबियालाई १ सय ५३ रनमा अल आउट गर्न बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्याटिङमा १० विकेटले जितेको थियो । त्यसैले प्रदर्शनको कारण परिवर्तनको सम्भावना देखिदैन ।
नेपालले एक परिवर्तन गर्ने सम्भावना छ । तेस्रो तीव्र गतिको बलर आवश्यक देखिन्छ । तीव्र गतिका बलर गुलशन झालाई खेलाउन एक स्पिनर बेन्चमा राख्न सक्छ । कुशल मल्ल र ललित नारायण राजवंशी मध्य एकलाई बेन्चमा राख्न सक्ने सम्भावना छ ।

ललितले ६ ओभरमा ४० रन खर्चेका थिए । कुशलले ७ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए । कुशल राम्रो ब्याटिङको क्षमता राख्छन् । उता स्कटल्यान्डसँग दुई बायाँ हाते स्पिनर हुँदा रणनीतिक हिसाबमा कुशल टोलीको लागि खेल्न सक्छन् ।
हेड टु हेड :
ओडिआईमा स्कटल्यान्ड र नेपालबीच चार खेल भएको छ । नेपाल एक र स्कटल्यान्ड तीन खेलमा विजयी भएका छन् । नेपालले जत जुलाईमा स्कटल्यान्डलाई उसकै मैदानमा पाँच विकेटले हराएको थियो । त्यो नै नेपालले स्कटल्यान्डमाथि जितेको कुनैपनि खेल थियो ।
अन्य सबै खेल र संरचनामा नेपाल पराजित हुँदै आएको छ । ओडिआईमा स्कटल्यान्डले नेपाललाई ८, ३ र ८ विकेटले हराएको थियो । स्कटल्यान्डविरुद्ध नेपालले हारेको तीनै खेल पहिला ब्याटिङ गर्दै थियो । नेपालले पछिल्लो तीन खेलमा स्कटल्यान्डविरुद्ध १२८, १३७ र ११९ रनमा अल आउट भएको थियो । त्यसैले टस निर्णायक हुनसक्छ । विहानको समयमा पहिला ब्याटिङ गर्न दुबै टोलीलाई सहज भने हुनेछैन ।
अंक तालिका

स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्डले अब नेपालसँग दुई र नामिबियासँग एक गरि कुल तीन खेल खेल्न बाँकी छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष तीनमा ओमान पर्ने लगभग पक्कापक्की छ ।
नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । नामिबियाले अब नेपाल र स्कटल्यान्डसँग एक एक तथा युएईसँग दुई खेल खेल्न बाँकी छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
युएईले अव नेपाल र पपुवा न्युगिनीसँग चार चार तथा नामिबियासँग दुई खेल खेल्न बाँकी छ । नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
प्रत्यक्ष प्रसारण
नेपालमा प्रत्यक्ष प्रसारणको जिम्मा कान्तिपुर टेलिभिजनले गर्नेछ । विदेशमा फ्यान कोड, आइसिसी टिभी र कान्तिपुरबाट हेर्न सकिनेछ ।
टिकट :
टिकटको मूल्य १ सय ५० रुपैयाँ राखिएको छ । जुन टिकट सामान्य दर्शकको लागि राखिएको छ । ३ सय ५० रुपैयाँ तिर्नेले भित्र कुर्चीमा बसेर हेर्न पाउनेछन् ।
स्कटल्यान्डको टोली :
रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप(कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर (विकासको लागि लिएको खेलाडी), शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, भीम सार्की र सूर्य तामाङ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]