default_image

3 years ago

February 17, 2023

युएईमाथि अफगानिस्तानको अन्तिम ओभरमा जित

178 views

0 Bookmark

एजेन्सी – टेस्ट टोली अफगानिस्तानले पहिलो टि२० आई खेलमा घरेलु टोली युएईलाई पाँच विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा १-० को अग्रता लिएको छ।

जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानको जितमा करिम जन्नतले ३८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए ।

विकेटकिपर अश्फार जजाईले ४० बलमा ४ चौका र २ छक्कासहित ४८ र रहमानउल्लाह गुरबाज १० रनमा आउट भए । युएईका जुनैद्द सिद्धिकले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । जहुर खान,मोहम्मद जवादुल्लाह र जवार फरिदले एक एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । युएईका कप्तान सिपी रिजवानले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाए । मोहम्मद वासिम ३५ बलमा ३ चौका र १ छक्कासहित ३३, वृत्य अरविन्द १७, रोहन मुस्तफा २२ र अयान खानले १८ रनको योगदान दिए ।

अफगानिस्तानका कप्तान राशिद खानले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । आजमतुल्लाह ओमरजाईको नाममा एक विकेट रह्यो । दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.