3 years ago
February 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले नामिबियाको खेलबाट ललितनारायण राजवंशीलाई बेन्चमा राख्दा गुलशन झालाई आजको खेलमा मैदान उतारेको छ । टोलीमा अन्य कुनै परिवर्तन छैन् ।
पछिल्लो खेलमा ललितले नामिबियाविरुद्ध ६ ओभरमा ४० रन खर्चिएका थिए । टोलीमा तेस्रो तीव्र गतिको बलरको अभाव भएपछि ललितलाई राखेर गुलशनलाई मौका दिएको हो । गुलशन र कुशल मल्ल बायाँ हाते ब्याटर हुन् । यता स्कटल्यान्डका दुई बायाँ हाते स्पिनर ताहिर हाम्जा र मार्क वाट हुँदा रणनीतिक रुपमा पनि नेपाल सफल हुनसक्छ । त्यसैले गुलशनलाई मौका दिएको हुनसक्छ ।
नेपाल आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डलाई स्तब्ध पार्दै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ। नेपालले नामिबियालाई दुई विकेट र स्कटल्यान्डले १० विकेटले पराजित गरेका थिए । नेपालले आफ्नो ओडिआई इतिहासकै सर्वाधिक २ सय ८६ रन पूरा गर्दा स्कटल्यान्डले पहिलो पटक १० विकेटले जित हात पारेको थियो । नेपालको रोहित पौडेल र स्कटल्यान्डको रिची बेरिंग्टनले कप्तानी गर्नेछन् ।
नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । यता स्कटल्यान्ड तीन खेल अगाडीनै च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भएको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।
नेपाल आफ्नो भविष्यको लागि संघर्ष गर्दा स्कटल्यान्डको लागि प्रतिष्ठाको लडाई हुनेछ । स्कटल्यान्डले नेपालसँग टियु मैदानमा पहिलो पटक प्रतिस्पर्धा गर्दै छ । पहिलो पटक नेपाल आएको स्कटल्यान्डले नेपालमा नामिबियाविरुद्ध डेब्यू गरेको थियो ।
अंक तालिका
स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्डले अब नेपालसँग दुई र नामिबियासँग एक गरि कुल तीन खेल खेल्न बाँकी छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष तीनमा ओमान पर्ने लगभग पक्कापक्की छ ।
नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । नामिबियाले अब नेपाल र स्कटल्यान्डसँग एक एक तथा युएईसँग दुई खेल खेल्न बाँकी छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
युएईले अव नेपाल र पपुवा न्युगिनीसँग चार चार तथा नामिबियासँग दुई खेल खेल्न बाँकी छ । नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान०, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]